सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

तिलोत्तमा शान्तिनगरमा ८ बर्षिय बालिकालाई हात खुट्टा बाँधेर बलात्कार

तिलोत्तमा शान्तिनगरमा ८ बर्षिय बालिकालाई हात खुट्टा बाँधेर बलात्कार

images
  • 6.3K
    SHARES

  • images
    images
    images
    तिलोत्तमा शान्तिनगरमा ८ बर्षिय बालिकालाई हात खुट्टा बाँधेर बलात्कार
    images
    images
    images

    जेठ २६तिलोत्तमा ।तिलोत्तमा नगरपालिका–१० बेंवरे नजिकै शान्तिनगरमा ८ वर्षीया बालिका बलात्कृत भएको खुलेको छ । उनलाई छिमेकी १४ वर्षीय किशोरले घरमै लगेर बलात्कार गरेको आरोप छ ।
    घटना बैशाख २८ गतेको हो । विपन्न परिवारकी ती बालिकाका बुवाले वास्ता गर्दैनन् । आमा डिप्रेसनको रोगी छन् । मुसहर थरकी बालिकालाई स्थानीय छिमेकी किशोरले चौरमा खेल्दै गरेको अवस्थामा आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको हो । बलात्कारपछि किशोरले बालिकाको मुखमा टेप लगाइदिएर खुट्टा बाँधेर कोदालोको बिंड यौनाङ्गमा राखेर थप पीडा दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

    घर परिवारमासमेत उचित स्याहार पाउन नसकेकी बालिकालाइ किशोरले कसैलाई भने मारिदिने त्रास देखाएपछि बालिकाले अम्बाको रुखबाट लडेर घाइते भएको बताएकी थिइन् । स्थानीय सहनशील टोल विकास संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेका अनुसार बालिका विपन्न परिवारकी भएकै कारण स्थानीयले बैशाख २९ गते ३९ हजार चन्दा संकलन गरेर उपचारका लागि बुटवल प्रादेशिक अस्पतालमा पठाएका थिए । त्यहाँ उपचार हुन नसकेपछि बालिकालाई भैरहवा मेडिकल कलेजमा एक सातासम्म राखेर उपचार गरिएको थियो ।
    उपचारकै क्रममा डाक्टरले बालिकाको यौनाङ्गको घाउ लडेर लागेको नभई कसैले त्यस्तो गराएको आशंका गरेपछि बल्ल स्थानीयले सोधीखोजी सुरु गरेको उनले बताए । ‘केटीलाई फकाउँदै खोजी गर्दै जाँदा बल्ल घटना खुलेको हो,’ उनले भने, ‘त्यसपछि कारवाहीका लागि प्रक्रियामा लगेका थियौं ।’

    images
    images
    images

    स्थानीयको पहलपछि बालिकाकी दिदीले जेठ १९ गते इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । बलात्कार आरोपित किशोर परियार थरका हुन् । किशोरका बाबु जेलमा छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले घटनाको जाहेरी आएपछि थप अनुसन्धान अघि बढाएको बताए । ‘पीडक पक्ष पनि उमेर कम भएका कारण अदालतबाट अभिभावकै जिम्मा राखेर अनुसन्धान गर्ने गरी आदेश भएको छ,’ उनले भने, ‘घटना हेर्दा जघन्य अपराध जस्तै देखिएकाले अनुसन्धान भइरहेको छ ।’

    घटनामा मानवअधिकारकर्मीले स्थलगत अध्ययन र अनुसन्धान सुरु गरेका छन् । रूपन्देहीका कदम नेपाल, एडभोकेसी फोरम र कपिलबस्तुको सिद्धार्थ सामुदायिक विकास केन्द्रले बालिकाको न्याय, राहत र उपचारका लागि पहल सुरु गरेको कमद नेपालकी अध्यक्ष इन्दिरा आचार्यले बताइन् । ‘पहिलो बालिकाको उपचार हो, त्यसमा पहल गर्दै छौं,’ उनले भनिन्, ‘अति विपन्न र घरमा खाने खर्चसमेत नभएकी बालिकालाई थप उपचार जरुरी छ ।’
    यौनांग र मलद्वार क्षतविक्षत भएकाले अहिले डाक्टरले कोखाबाट पाइप लगाएर दिसा, पिसाब बाहिर निकाल्ने गराइदिएका छन् । त्यसैले थप उपचार जरुरी रहेको र बालिकालाई मानसिक परामर्श दिनु जरुरी रहेको उनले बताइन् । उनका अनुसार बालिकाको शारिरीक अवस्था पनि कमजोर छ । केटा र उसको परिवार देख्दा अझै त्रर्सिने गर्छिन् । बालिकाका चार दिदी भाइमध्ये एक दिदीको विवाह भएको र अन्य तीन जना कोही पनि विद्यालय नजाने गरेको उनले बताइन् ।
    वडा अध्यक्ष ब्यासमुन थारुले सुरुमा बालिकाले पनि खेल्दा लडेर चोट लागेको भनेकाले चन्दा संकलन गरेर उपचार गर्न पठाएको र अहिले आएर बल्ल घटना खुलेपछि कारवाहीका लागि छलफल चलेको बताए । ‘दुवै केटाकेटी भए, अनि अति विपन्न परिवार पनि,’ उनले भने, ‘पहिला लोटेको भन्ने भयो, अहिले केटीको उपचार गरेपछि बल्ल कुरा खुल्दै छ, हामीले पनि थप बुझ्दै छौं ।’ स्थानीय महिला समुहसँगको छलफलमा केटाले आफुले ठूलो गल्ती गरेको भन्दै माफी पनि मागेको भन्ने सुनेको र थप बुझ्ने उनले बताए ।
    समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

    images
    images
    • मंगलवार, जेठ २७ २०७७०२:३९:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij