जेठ २७,तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० स्थित मैनैयामा गएराति हत्या गरिएका पाँच जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ज्यान गुमाउनेमा रूपन्देही मुगृया बालापुरका ४० वर्षीय माधव मुसहर, उनको ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरी रहेका छन्।
गएराती १ बजेतिर तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजारस्थित कृष्ण पुनको गंगादेवी पशु गाई फर्ममा कार्यरत ६ जनामध्ये ५ जनाको हत्या भएको हो। हत्यामा संलग्न भनिएका सुर्खेत घर भएका ३२ वर्षीय झसेन्द्र सिंजाली पक्राउ परेका छन्।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका सिञ्जालीले प्रारम्भिक अनुसन्धानका क्रममा हत्यामा आफू संलग्न रहेको बताएका छन्,उनले आफुलाई बारम्बार दुख दिने र इज्जत नगरेको कारण हत्या गरेको प्रारम्भिक बयानका क्रममा बताएका छन, प्रहरीले अनुसन्धान गरिरहेकोले के कारणले हत्या भएको अझै एकिनका साथ भन्न नसकिने एक प्रहरी अधिकृतले बताएका छन।
फर्मका संचालक कृष्ण पुनका अनुसार राति दश बजे सम्म आफु त्यहि रहेको र त्यस पछि कति खेर घटना भयो ,थाहा नभएको बताए ।सिंजाली कम बोल्ने स्वभावको रहेको र केहि महिना अघि मात्रै उक्त फर्ममा काम गर्न आएका थिए ।
एक दम्पति सहित पाच जनाको हत्या एक्लैले कसरि गर्यो?घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको स्थानीय बासिन्दा र आफन्तले आशंका गरेका छन ।स्थानीयका अनुसार हत्या आरोपित सिंजालीले दुइ तिन देखिनै मार्ने धम्कि दिएको बताएका छन।सत्य तथ्य छानबिन गरि अपराधीलाई कडा कारबाही र पिडितले न्याय सहित क्षेतिपूर्ति पाउनुपर्ने स्थानीयको माग रहेको छ ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij