सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपालद्वारा अमेरिका १७ रनले पराजित

नेपालद्वारा अमेरिका १७ रनले पराजित

images
  • 357
    SHARES

  • images
    images
    images
    नेपालद्वारा अमेरिका १७ रनले पराजित
    images
    images
    images

    काठमाडौं । नेपालले टि-२० सिरिजमा अमेरिकामाथि शानदार जित निकालेको छ ।शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर ब्याटिङ गर्दै १६५ रनको लक्ष्य दिएको थियो। अमेरिकाले निर्धारित २० ओभरमा १४८ रन मात्र बनाएको थियो ।

    सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ३३ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रन बनाए ।अमेरिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे ।

    images
    images
    images

    ओपनर अनिल शाह र आशिफ शेखले समान २७–२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए।कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए ।

    त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । करण केसी र आरिफ शेख शून्यमा आउट हुँदा सोमपाल कामीले मात्र दुई रन जोड्न सकेका थिए ।अमेरिकाका लागि सौरभ नेत्रावलकर, जसदीप सिंहर हरमित सिंहले समान दुईदुई विकेट लिएका थिए ।

    जवाफी ब्याटिङमा उत्रिएको अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे । गुल्सन झा, करण केसी र रिजन ढकालले समान एकएक विकेट हात पारे ।

    दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टि-२० आई सोमबार बिहान हुनेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij