सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

तनाबमा थिए मदिरा पिएर ५ जनाको हत्या गरे :हत्या आरोपी युवकको बयान

तनाबमा थिए मदिरा पिएर ५ जनाको हत्या गरे :हत्या आरोपी युवकको बयान

images
  • 7.3K
    SHARES

  • images
    images
    images
    तनाबमा थिए मदिरा पिएर ५ जनाको हत्या गरे :हत्या आरोपी युवकको बयान
    images
    images
    images

    जेठ २७,तिलोत्तमा ।रुपेन्देहीमा ५ जनाको हत्या आरोपमा पक्राउ परेका ३० वर्षीय झसेन्द्र सिंजालीले आफूले नै हत्या गरेको साविती बयान दिएका छन् । प्रहरीसँगको बयानमा क्रममा आफूले नै तनावमा आएर साथीहरु सुतेका बेला हत्या गरेको स्वीकार गरेका हुन् ।

    प्रदेश ५ का प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकले झसेन्द्रले अभियोग स्वीकार गरेको बताए । डीआईजी धानुकले भने, “झसेन्द्रले मदिरा पिएको र तनावका कारण हत्या गरेको स्वीकार गरेका छन् । सुतेका बेला कोदालो प्रहार गरेका रहेछन् । साथीहरुको हत्यापछि झसेन्द्रले आफूले मुसा मार्ने विषादी सेवन समेत गरेको खुलेको छ ।”

    images
    images
    images

    गएराति रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित गंगादेवी पशु फर्ममा कार्यरत ५ जनाको हत्या भएको थियो । घटनास्थल नजिकै झसेन्द्र अचेत अवस्थामा फेला परेका थिए । उनलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा उनले विषादी सेवन गरेको खुलेको थियो । उनलाई होस आइसकेपछि प्रहरीले सोधपुछ गर्दा झसेन्द्रले हत्या अभियोग स्वीकार गरेको डीआइजी धानुकले बताए ।

    कोदालो प्रहारबाट भएको आक्रमणमा आशीष चौधरी, करन चौधरी, कोषराज मुसहर, माधव मुसहर र जानकी मुसहरको ज्यान गएको थियो ।
    यसअघि प्रहरीले घटनाको कारण व्यक्तिगत हुनसक्ने प्रहरी अनुमान गरेको थियो । घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ ।

    images
    images
    • मंगलवार, जेठ २७ २०७७०७:४६:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij