सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

भारतमा स्वर्ण र रजत पदक विजेता खेलाडीलाई देवदह नगरपालिकाद्वारा सम्मान

भारतमा स्वर्ण र रजत पदक विजेता खेलाडीलाई देवदह नगरपालिकाद्वारा सम्मान

images
  • 561
    SHARES

  • images
    images
    images
    भारतमा स्वर्ण र रजत पदक विजेता खेलाडीलाई देवदह नगरपालिकाद्वारा सम्मान
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नेपालका लागि स्वर्ण पदक दिलाउन सफल रुपन्देहीको देवदह नगरपालिकाका खेलाडीहरुलाई सम्मान गरिएको छ। बिहिवार एक कार्यक्रमका विच देवदह नगरपालिकाले विजेता खेलाडीहरुलाई सम्मान गरेको हो ।

    गत असोज २० र २१ गते नेशनल कराते एकेडेमीको आयोजनामा भारतको पश्चिम् बङ्गालमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालको तर्फबाट प्रतिस्पर्धा गरेका १४ र १५ वर्ष उमेर समूहका खेलाडीहरुले ९ स्वर्ण र ५ रजत पदक दिलाएका थिए।

    images
    images
    images

    देवदह नगरपालिकाबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न प्रतियोगितामा सहभागी भएर देशको शिर उचो बनाएका खेलाडीलाई थप प्रोत्साहनका लागि सम्मान गरिएको देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले बताउनुभयो। ‘खेलाडीहरुको मिहिनेतले देश विदेशमा नेपालको नाम उच्च बनाएको र हौसला बढाउन र प्रोत्साहन स्वरुप यो सम्मान गरिएको हो’ नगर प्रमुख खरेलले भन्नुभयो ।

    प्रतिस्पर्धामा सहभागी मध्य ममता सुनार, प्राइम गुरुङले व्यस्त प्लेयर अवार्ड सङ्गै स्वर्ण पदक जित्न सफल भएका थिए। त्यस्तै स्वर्ण पदक जित्ने अन्य खेलाडीहरुमा समय ध्वज मल्ल,निराजन गैरे, प्रतीक विश्वकर्मा, अनुज श्रेष्ठ, सुगम बोहोरा क्षेत्री, सुगम क्षेत्री, सक्षम थापा र भिषण थापा रहेका छन् ।

    रजत पदक दिलाउने खेलाडीहरुमा रिजन बुढा मगर, सुमिना रोका मगर, फिलिमन सुर्यबशीं र प्रेम कलि सारु रहेका छन् ।

    त्यस्तै टिम म्यानेजर शोभाखर पन्थ, अफिसियल मनिष रोकाहा र चित्र बहादुर गुरुङ तथा कोच गामु धोज मल्ललाई समेत सम्मान गरिएको थियो।

    सम्मान कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल उपप्रमुख विद्या लक्ष्मी गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश गिरि, शिक्षा अधिकृत पर्शुराम ढकाल लगायतको सहभागिता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij