जेठ ३० ,देवदह। भारत वाट आएर क्वारेन्टाइनमा बसेका देवदह धेकारका १९ बर्षीय पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
६ दिन अघि आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनि सहित आरडीटी नेगेटिभ आएका अन्य सात जनालाई क्वारेन्टाइनमै राखिएको थियो ।
पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सात जना सबैलाइ घर पठाइएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले गुराँस मिडियालाई टेलिफोन मार्फत जानकारी दिनुभएको छ ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij