जेठ ३१ ,देवदह। रुपन्देहीको देवदह नगरपालिकामा पहिलो पटक एक जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।जेठ १३ गते भारत बाट आएर देवदह नगरपालिकाले स्थापाना गरेको देवदह आदर्श क्वारेन्टाइनमा रहेका उनको स्वाब संकलन गरि प्रदेश जनस्वास्थ्य शाखा भैरहवा पठाइएकोमा जेठ ३० गते पिसिआर रिपोर्ट पोजेटिभ आएको देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले गुराँस मिडियालाई टेलिफोन मार्फत जानकारी दिनुभएको छ।
संक्रमित व्यक्ति देवदह ढेकावरका २३ बर्षिय पुरुष रहेको र उनको स्वस्थ अवस्था सामान्य रहेकोले देवदह नगरपालिकालेनै स्थापना गरेको आइसोलेसन कक्षमा राखिएको देवदह नगरपालिकाका नगर प्रमुख हिरा खत्रीले जानकारी दिनुभएको छ ।
क्वारेन्टाइनमा राखिएको सबै जनाको आज स्वाब संकलन गरि परिक्षणको लागि पठाइने तयारि गरिएको र नेगेटिभ आएकाहरुलाई घर पठाइ
आइसोलेसन थप व्यवस्थापन गरिने नगर प्रमुख हिरा खत्रीले जानकारी गुराँस मिडियालाई दिनुभएको छ ।हाल देवदह आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ५१ जना रहेका छन ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij