सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

पाकडी प्यान्थर्सले उचाल्यो देवदह प्रिमियर लिग (डिपीएल) को उपाधी

पाकडी प्यान्थर्सले उचाल्यो देवदह प्रिमियर लिग (डिपीएल) को उपाधी

images
  • 608
    SHARES

  • images
    images
    images
    पाकडी प्यान्थर्सले उचाल्यो देवदह प्रिमियर लिग (डिपीएल) को उपाधी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा जारी देवदह बुद्ध पब्लिकद्वारा प्रायोजित देवदह प्रिमियर लिग (डिपीएल)को उपाधी पाकडी प्यान्थर्सले हासिल गरेको छ । मंगलबार भएको फाईनल खेलमा शित्तलनगर स्ट्राईकर्सलाई ५ विकेटले पराजित गर्दै उपाधी हासिल गरेको हो । मङ्सिर १५ गते बाट सुरु भएको प्रतियोगितामा ६ टिमहरुको सहभागिता रहेकाे थियाे ।

     

    images
    images
    images

     

    shitalnagar super.jpeg

     

    देवदह ७ स्थित देवदह क्रिकेट युनिटको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको शित्तनगर स्ट्राइकर्सले १६ ओभरमा ९ विकेट गुमाउदै १०८ रन बनायो । टिमका लागि अजय थापा मगरले २२ रन, लिकेश बुढाथोकीले २० रन नटआउट, बिनोद क्षेत्रीले १८ रन जोडे । पाकडी प्यान्थर्सका लागि प्रेम भुर्तेल र श्रीधर चुडालीले २-२ विकेट लिए । 

    जवाफी ब्याटिङ गरेको पाकडी प्यान्थर्सले १४ दशमलव ५ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो । टिमका लागि श्रीधर चुडालीले ३८ रन, प्रेम भुर्तेलले २९ रन जोडे । बलिङमा शित्तनगर स्ट्राइकर्सका सुशील रिजालले २ विकेट, अब्रर अलि, बिनोद क्षेत्री र बिकास श्रेष्ठले १-१ विकेट लिए । उक्त खेलमा पाकडी प्यान्थर्सका श्रीधर चुडाली प्लेयर अफ द म्याच घोषित भए । उनले १६ बलमा ३८ रन र १ ओभरमा २ विकेट लिएका थिए।

    उपाधि बिजेता पाकडी प्यान्थर्सले नगद ३० हजार, शिल्ड र मेडल प्राप्त गरेको थियो भने उप विजेता बनेको शित्तलनगर स्ट्राईकर्सले शिल्ड र मेडल प्राप्त गरेको छ।

    विजेता र उपविजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, देवदह बुद्ध पब्लिक ई.बो.स्कुल व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारी, डिसियुका पुर्व अध्यक्ष रबि बल्लभ रेग्मी लगाएतले पुरस्कार प्रदान गरेका थिए। 

    साथै प्रतियोगिताका उत्कृष्ट व्याटस्म्यान पाकडी प्यान्थर्सका कप्तान प्रकाश भण्डारी घोषित भएका थिए। त्यस्तै प्रतियोगिताका  उत्कृष्ट बलर पाकडीकै प्रेम भुर्तेल घोषित भएका थिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij