असार ०२ ,देवदह। नदिजन्य पदार्थको चोरी निकासी गर्नेलाई कारबाही गरि प्राकृतिक श्रोतको सम्रक्षण गर्नुपर्ने ,अंगिरा पासिलाई न्याय दिनुपर्ने ,बलात्कारीलाइ कारबाही गर्नुपर्ने लगायतको माग राख्दै देवदहका युवाहरुले शान्तिपूर्ण रुपमा बिरोध प्रदर्शन गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् ।
युवाहरुले देवदह नगरपालिका कुरी कुरी, अंगिरालाई न्याय दे, भ्रष्ट्रचारको अन्त्य गर, नदिजन्य पदार्थको दोहन बन्द गर, जातिय छुवाछुत अन्त्य गर जस्ता नारा लगायका थिए ।
देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री ,उपप्रमुख बिद्या लक्ष्मी गुरुङले अपराधि कोहि पनि उम्कन नपाउने बताउनु भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij