असार ०३,देवदह। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव शिक्षा क्षेत्रमा पनि जटिलरुपमा परेको भन्दै प्याब्सन रुपन्देहीले जिल्लाको १६ वटै पालिकाहरुमा एउटै मिति र समयमा विभिन्न ११ बुँदे माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको प्याब्सन रुपन्देहीका उपाध्यक्ष एक नारायण काफ्लेले जानकारी गराउनु भएको छ । संघिय गणतन्त्र नेपालको सम्बैधानिक ब्यवस्था अनुरुप माध्यमिक तह (बालविकास देखि कक्षा १२) सम्मको शिक्षा हेर्ने जिम्मेवारी स्थानीय सरकारलाई रहेको र यस पालिका अन्तर्गत रहेका संस्थागत विद्यालय, शिक्षक कर्मचारी, सञ्चालक, र विद्यार्थीहरु समेतको जिम्मेवारी स्थानीय पालिकाले लिनुपर्ने भन्दै काफ्लेले परिस्थितिलाई गम्भिर रुपमा बुझ्न आग्रह गर्नुभयो ।
ध्यानाकर्षण पत्रमा यो विषम परिस्थितिका कारण स्थानीय सरकारले जारी गरेको सुचनाका आधारमा संस्थागत विद्यालय पूर्णरुपमा बन्द भएको , विद्यालय प्रशासन कक्ष समेत सञ्चालन हुन नसकेको विद्यालयको आम्दानी विद्यार्थीहरुबाट प्राप्त हुने शुल्क भएकोले सो सम्पूर्ण बन्द भएको , अभिभावक र विद्यार्थीहरु शैक्षिक सत्र गुम्ने त्रासले उत्तिकै निरास भएको अवस्थामा संस्थागत विद्यालयहरुले अनलाइन मार्फत विद्यार्थीहरुलाई अध्यापन गर्न खोज्दा समेत सरकारले प्रोत्साहन गर्नुको सट्टा दिनहु फरक–फरक किसिमका अभिब्यक्ती दिंदै उक्त पबित्र कार्यलाई समेत निरुसाहित गर्न खोजेको उल्लेख छ । 
‘सरकारी संयन्त्रबाट मात्र असम्भव प्रायः भएको अवस्थामा निजी लगानीबाट राष्ट्रको शैक्षिक उनन्नयनमा टेवा पु¥याउने उद्देश्य अनुसार सञ्चालित संस्थागत विद्यालयहरूले राष्ट्रलाई आवश्यक पर्ने गुणस्तरीय शिक्षा, दक्ष जनशक्ती उत्पादन, शिक्षा प्राप्तिको नाममा विदेशिएको ठुलो धनराशी रोक्न, बेरोजगारी समस्यालाई न्युनीकरण गर्न, राजश्व संङकलनमा टेवा पु¥याई आम्दानीको स्रोत बढाउन, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक गर्न सक्ने जनशक्ती, नया“ प्रविधि उत्पादन गर्ने तथा शैक्षिक विधिहरु खोजी गरी अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरी रहेका संस्थागत विद्यालयमा आश्रित शिक्षक कर्मचारीहरु मासिक पारिश्रमिक प्राप्त गर्न सकिरहेका छैनन् भने अर्को तर्फ आफ्नो रोजगारी गुम्ने भयले प्रताडित भएका छन् । संस्थागत विद्यालयले दिएको शैक्षिक योगदानको मुल्याङकन तथा प्रोत्साहन गर्नुको सट्टा त्यस्ता विद्यालयहरुलाई निरुसाहित गर्न बुझि नबुझि सरकार कम्मर कसेर लागेको देखिन्छ’ , ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
उल्लेखित मागहरुमा स्थानीय सरकारको निर्देशनअनुसार विद्यार्थी भर्ना कार्यक्रम रोकिएकोले विद्यालयहरूले शैक्षिक सत्र २०७६ को बक्यौता समेत लिन नसकेको र कार्यरत शिक्षक कर्मचारीहरूलाई मासिक तलब भुक्तानी गर्न नसकिएको , लकडाउन अवधिभरको बिजुली, पानी, टेलिफोन, घरजग्गा महशुल लगायतको रकम तिर्न नसकेको बिषय समावेश गरेको छ । त्यसैगरी अनलाइन र भर्चुअल कक्षा चलाउनका लागि निशुल्क इन्टरनेटको व्यबस्था , साथै भर्चुअल (टि.भि., एफ.एम.) कक्षाका लागि बजेटको व्यवस्था, शिक्षक तालिममा विभेद नहोस्, भौतिक रुपमा विद्यालय सञ्चालन भएपछि १८० क्रेडिट आवर पूरा गर्ने भएको हु“दा १२ महिनाकै मासिक शुल्क लिने औपचारिक ब्यवस्था गरियोस् , पूर्व प्राथमिक विद्यालय सञ्चालन गर्ने अनुमति भौगोलिक नक्साङ्कन र जनसंख्याको आधारमा दिनुपर्ने, अनुमति विना सञ्चालन भएका पूर्व प्राथमिक विद्यालयहरु तुरुन्तै बन्द गरिनुपर्ने र थप कक्षाको अनुमति दि“दा गहन अध्यन गरी मात्र दिने ब्यवस्था गरियोस् , कक्षा १ को नया“ पाठ्यक्रम अनुसारको अँग्रेजी माध्यमको पाठ्यपुस्तक अबिलम्ब उपलब्ध गराउने ब्यवस्था मिलाइयोस् , विद्यार्थी भर्नाको कार्यक्रम अगाडि बढाउन औपचारिक रुपमा स्थानीय शिक्षा समितिले तुरुन्त सुचना प्रवाह गरियोस् ,भर्चुअल कक्षालाई मान्यता दिने गरी विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने परिस्थितिको अन्त्य गरियोस् , सामुदायिक विद्यालय निजी स्रोतका शिक्षक कर्मचारीलाई पारिश्रमिक दि“दा संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई विभेद नगरियोस् , केहि सामुदायिक विद्यालयले मार्कसिट र स्थानान्तरण प्रमाणपत्र बिना नै भर्ना गर्ने गरेकोले अनिवार्य मार्कसिट र स्थानान्तरण प्रमाणपत्र लिएर मात्र भर्ना गर्ने ब्यवस्था गरियोस् लगायतका ११ बुँदे माग ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
सो ध्यानाकर्षण पत्र बुझ्दै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले नगरपालिकाले सम्बोधन गर्न सक्ने बिषयहरुमा गम्भिर हुने र संघीय वा प्रदेश सरकारले गर्ने निर्णयका बिषयहरुमा स्थानीय निकायले प्रतिक्षा गरिरहेको जानकारी गराउनु भयो । उक्त अवसरमा नगर उपप्रमुख तथा शिक्षा संयोजक विद्यालक्ष्मी गुरुङ्गले नगरपालिका अभिभावक भएकोले संस्थागत र सामुदायिक बिद्यालय बिचमा कुनै भेदभाव नगरिने बताउनुभयो । सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, नगर शिक्षा अधिकारी टीकाराम अर्याल,शिक्षा शाखा अधिकृत नारायण प्रसाद पोख्रेल, नगर प्याब्सन देवदहका अध्यक्ष बोधराज गौडेल लगायत प्याब्सन देवदहका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij