सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा शिक्षकहरुबिच फुटबल प्रतियोगिता हुने

देवदहमा शिक्षकहरुबिच फुटबल प्रतियोगिता हुने

images
  • 549
    SHARES

  • images
    images
    images
    देवदहमा शिक्षकहरुबिच फुटबल प्रतियोगिता हुने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा शिक्षकहरु बीच फुटबल प्रतियोगिता हुने भएको छ।श्री जनप्रीय माद्यामिक विद्यालय देवदह-१० को आयोजनामा प्रथम नगरस्तरीय अन्तर सामुदायिक विद्यालय शिक्षक सेभेन ए साईड फुटबल प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

    पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर लामिछानेले विद्यालय सबै क्षेत्रको उद्गगम स्थल भएको बताउँदै शिक्षकहरुबिच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न खेल आयोजना गरिएको बताउनुभयो।

    images
    images
    images

    विद्यालयले सृजनात्मक ढंगले कार्यक्रम तथा गतिविधिहरु संचालल गर्दै आएको, विद्यालय र शिक्षकहरु बीचको सम्बन्धलाई अझै परिस्कृत र आत्मीयता प्रगाढ गर्नका लागी प्रतियोगिताले सहयोग पुग्ने विश्वास अध्यक्ष लामिछानेले व्यक्त गर्नुभएको थियो।

    श्री जनप्रिय माध्यमिक विद्यालयको आयोजना, दुर्गा मन्दिर युवा क्लब र शान्ति आमा समुहको सहयोगमा पुष १८ गते प्रतियोगिता सुरु हुने र १० देखी १५ वटा विद्यालयको सहभागिता रहने विद्यालयका लेखापाल एवं खेल संयोजक श्याम थापाले जानकारी दिए ।

    प्रतियोगितामा उपाधी जित्ने विद्यालयले नगद १० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने विद्यालयले नगद ७ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक थापाले जानकारी दिए।साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरलाई समेत पुरस्कृत गरिने कार्यक्रमम जानकारी गराइएको थियो।

    पत्रकार सम्मेलन विद्यालयका खेलकुद तथा अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक केशव न्यौपानेको अध्यक्षता, शिक्षक पदम बहादुर जीसीको स्वागत र शिक्षक स्नेहा पन्थीको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij