निर्मल एसपी मगर। देवदह नगरपालिकाको अस्थाई क्वारेन्टिन केरवानी उच्च माध्यमिक बिद्यालयमा बसेका सर्बसाधारणले आफुहरुलाई दिएको खानामा प्लास्टिकको चामल खुवाएको भन्दै बिरोध जनाएका छन ।
सम्बन्धित निकायलाई जानकारी दिदा झुटो प्रचार गरेको भन्दै सामाजिक संजालमा अपलोड गरेको पोस्ट हटाउन लगाएको र आफुहरुले खाना खादा प्लास्टिकको चामल जस्तो आशंका लागि गुणस्तर परिक्षण गर्न माग गरेको बेलायत वाट ६ दिन अघि नेपाल आइ क्वारेन्टिनमा बसेकी एक महिलाले जानकारी दिएकि छिन् ।
देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीले प्लास्टिकको चामल पकाएको भन्दै आफुलाई गुनासो आएको र यस बिषयमा सत्य तथ्य बुझी चामलको गुणस्तरण परिक्षणका लागि खाद्य बिभाग पठाएको,बताउनु भएको छ ।सर्बसाधारणको स्वास्थ्य संग कुनै किसिमको खेलवाड हुन नहुने बताउदै परिक्षणको नतिजा आएपछि आवश्यक प्रक्रिया अगाडी बढाउने बताउनु भएको छ ।
त्यस्तै खाना पकाउने जिम्मा लिएको पाठक क्याटरिङ्गले प्लास्टिकको चामल नभएको दाबि गर्दै यदि त्यस्तो भए आफुले कानुन अनुसार कारबाही भोग्न तयार रहेको बताएका छन ।
यता क्वारेन्टिनमै बस्ने अन्य सर्बसाधारणले भने प्लास्टिकको चामल नभएको बताएका छन ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij