मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मुल्यवान सहकारीको अध्यक्षमा गोविन्द ठडराई निर्वाचित

मुल्यवान सहकारीको अध्यक्षमा गोविन्द ठडराई निर्वाचित

images
  • 4.1K
    SHARES

  • images
    images
    images
    मुल्यवान सहकारीको अध्यक्षमा गोविन्द ठडराई निर्वाचित
    images
    images
    images

    असार ०६,देवदह। रुपन्देहीको देवदहमा रहेको मुल्यवान बचत तथा ऋण सहकारीको अध्यक्षमा देवदह टेलिभिजनका अध्यक्ष गोविन्द बहादुर ठडराई निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न बिषेश साधारण सभा तथा अधिवेशनले ठडराइको नेतृत्वमा १२ सदस्यीय कार्य समिती सर्वसम्मत रुपमा चयन गरेको हो ।

    जसको उपाध्यक्ष्मा गणेश बिक, सचिवमा दिल कुमार बिक र कोषाध्यक्षमा विकास गहतराज चयन हुनु भएको छ । सहकारीको सदस्यहरुमा सोनु बिक, होम बहादुर सुनार, सुरज पोख्रेली, सुवास सुनार, सुमन बिक, महेन्द्र खड्काथोकी, विपिन बिक र ईन्दिरा बिक चयन हुनु भएको छ । सहकारीको लेखा संयोजकमा कृष्ण नेपाली र सदस्यहरुमा बीर बहादुर नेपाली, हुम बहादुर सुनार चयन भएको निर्वाचन मण्डलका संयोजक हर्क बहादुर खड्काथोकीले जानकारी दिनु भयो । बन्द सत्र भन्दा अगाडीको कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर १० का अध्यक्ष यक बहादुर सुनारले दलित समुदायलाई उत्पादनमा जोड्नु पर्ने बताउनु भयो । दलित समुदाय आर्थिक सामाजिक र राजनैतिक हिसाबले निकै पछाडी रहेको उल्लेख गर्दै यो अवस्थाबाट माथि उठ्न शिक्षामा जोड दिनु पर्नेमा उहाले जोड दिनु भयो ।

    images
    images
    images

    अध्यक्ष सुनारले देशका विभिन्न परीवर्तनका आन्दोलनहरुमा दलित समुदायको उल्लेख्य योगदान रहेपनि राज्यको नियामक निकायमा उपस्थिती कमजोर भएको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । उहाले सहकारीलाई फराकिलो सोचका साथ आर्थिक उपार्जन संग जोड्न कार्यसमितीलाई सुझाब दिनु भयो । कार्यक्रममा देवदह नगरपालिका कार्यपालिका सदस्य टेक बहादुर बिक, राष्ट्रिय दलित पत्रकार संघ रुपन्देही अध्यक्ष टंक सुनार, सहकारीका संस्थापक अध्यक्ष गंगा बहादुर बिक, उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खाती, बिश्वकर्मा समाजका टेक बहादुर सुनार, परीयार सेवा समाजका निर्मल सुनाम, वडा सदस्य धन बहादुर सुनार, सुन चादी ब्यवसायी संघका ईन्द्र बहादुर सुनार, तिलक सुनार लगायतले बोल्नु भएको थियो । मुल्यवान बचत तथा ऋण सहकारी दलित समुदायको ब्यवस्थापनमा संञ्चालित सहकारी हो ।

    images
    images
    • शनिवार, आषाढ ६ २०७७०७:४८:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij