निर्मल एसपी मगर
असार ०९,देवदह। कोभिड १९ अर्थात कोरोना भाइरसले विश्व ब्यापी रुप लिए पछि र नेपाल पनि पूर्ण रुपमा लक डाउन भएपछी बिद्यालय क्षेत्रलाइ पनि प्रत्यक्ष्य असर परेको छ । बिद्यालयले बार्षिक परिक्षा सकाउने तयारि गर्दा गर्दै लक डाउन भएपछी परिक्षा पनि रद्द भयेक थियो ।
कोभिड १९ महामारीको असर पूर्ण रुपमा अझै नियन्त्रणमा आएको छैन ,नेपालको हकमा दिन प्रतिदिन बृद्दी भैरहेको छ।महामारीकै बिचमा बिद्यालयमा पठन पाठनलाइ कसरि अघि बढाउने ,अभिभावक संग लक डाउन अवधिको शुल्क लिने कि नलिने लगायत बिबिध बिषयमा छलफल गर्न प्याब्सन र एन प्याब्सन देवदहद्वारा आयोजित सर्बदलिय शैक्षिक संवाद छलफल कार्यक्रम सम्पन्न भएको छ ।
निजि बिद्यालयको आम्दानीको श्रोत अभिभावकले बुझाउने शुल्क भएको कारण लक डाउनले पठन पाठन ठप्प हुदा शिक्षक कर्मचारीलाई तलब दिन समस्या भएको ,शिक्षक कर्मचारीको समस्यालाई स्थानीय तह र राज्यले सम्बोधन गर्नुपर्ने ,निजि बिद्यालयले पनि राज्यलाई कर तिरेको र हजारौलाइ रोजगार दीई विदेश पलायन हुन वाट रोकेको कारण राज्यले निजि बिद्यालयको समस्यालाई बुझिदिन तथा अभिभावक संग लक डाउन अवधिको शुल्क लिने बिषयमा छलफल गर्न सर्बदलीय बैठक आयोजना गरिएको एन प्याब्सनका कृष्ण प्रसाद पौडेलले बताउनु भयो ।
कार्यक्रममा बिष्णु प्रसाद पौडेलले बोल्दै सामुदायिक विद्यालयले शुल्क नलिने बिषयमा सर्बोच्च अदालतले फैसला गरिसकेको भए पनि देवदह नगरपालिकाका कतिपय सामुदायिक बिद्यालयले शुल्क लिने गरेको बताउनु भयो। सामुदायिक बिद्यालयलाइ सरकारले अनुदान समेत दिने बताउदै निजि बिद्यालयको अन्य श्रोत नभएको कारण मर्कामा परेको बताउनु भयो।
कार्यक्रममा नेकपा ,नेपाली कांग्रेस ,राप्रपा लगायत राजनीतिक दलका प्रतिनिधिहरु प्रकाश अर्याल ,प्रजापति सापकोटा,मोतीलाल ढकाल ,बासुदेब रिमाल ,प्रमोद खनाल र माधब रिमाल लगायतले बोल्दै सरकारले निजि बिद्यालयलाई हेर्ने दृस्तीकोण परिबर्तन गर्न जरुरि रहेको बताउनु भएको थियो। निजि बिद्यालयलाई पाखा लगाएर शैक्षिक गुरस्तण उकास्न नसकिने भन्दै निजि बिद्यालयलाई थोरै भए पनि राहत दिनुपर्नेमा जोड दिनु ब हयेको थियो। राजनतिक दलका प्रतिनिधिहरुले सामाजिक दुरी कायम गरि अभिभावक संग छलफल तथा परामर्श गरि निकास निकाल्न सुझाब दिनुभएको थियो।
कार्यक्रम पश्चात बैठकले प्याब्सन र एन प्याब्सनले बिद्यार्थी भर्ना नगरिकन अनलाइन क्लास तथा दुर दर्शन शिक्षा दिन्न नसकिने भएकोले बिद्यार्थी भर्ना पर्क्रियालाई अनुमति दिन माग गर्ने ,सामाजिक दुरी कायम गरि अभिभावक संग शुल्क र पठन पाठन नियमित संचालन कसरी गर्ने भन्ने बिषयमा छलफल गर्ने,निजि विद्यालयको शिक्षक कर्मचारीको ज्यालाको लागि राज्यद्वारा स्पस्ट धारणा माग्ने ,असार १ गते देखीनै अनलाइन शैक्षिक सत्र सुरु भएको घोषणा गर्न माग गर्ने निस्कर्ष निकालेको छ।
कायक्रममा नेकपा देवदह नगर अध्यक्ष्य प्रकाश अर्याल ,नेपाली कांग्रेसक तर्फ बाट बासुदेब घिमिरे ,प्रमोद खनाल ,नेकपाका मोतीलाल ढकाल ,प्रजापति सापकोटा ,राप्रपाका मधम रिमाल ,शिक्षक तथा प्याब्सन र एन प्याब्सनका प्रतिनिधिहरु कृष्ण प्रसाद पौडेल,होमनाथ ढुंगाना ,बिष्णु प्रसाद पौडेल,एक नारायण काफ्ले,बिनोद थापा ,राम बहादुर गुरुङ ,भिम प्रसाद गुरुङ लगायतको सहभागिता रहेको थियो।
कार्यक्रम प्याब्सन नगर अध्यक्ष बोधराज गौडेलको अध्यक्षता र प्याब्सन देवदह नगर सचिब महेश पराजुलीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij