असार ०९,देवदह। देवदह नगरपालिकाको क्वारेन्टिनमा प्लास्टिकको चामल पकाएको गुनासो आएपछि एकाएक देवदहमा तरंग फैलियो।
केहिले चामल प्लास्टिकको चामल हुन नसक्ने ठोकुवा गरे ,केहिले चामलको गुणस्तरमा प्रश्न उठाए। कहिले भने प्लास्टिकको चामल भएको भनेर पोस्ट गर्ने महिलालाई जेल हाल्ने समेत धम्कि दिए।
देवदह नगरपालिकाले भने तत्काल गुनासोको सुनुवाई गरि चामल परिक्षण गर्न खाद्य बिभाग पठाएको थियो।

देवदहको क्वारेन्टिनमा मात्र नभएर देशभर वाट यस्ता गुनासाहरु आइरहेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग भैरहवाका खाद्य अधिकृत बिमल कुमार दाहालले जानकारी दिनुभएको छ। सर्बसाधारण वाट गुनासो आउनु स्वभाभिक रहेको बताउदै उहाले सर्बसाधारणको आशंकालाई मेटाउनु सम्बन्धित निकायको दायित्व रहेको बताउनु भएको थियो।
देवदह नगरपालिकाको क्वारेन्टिनमै आएर खाद्य बिभागको टोलिले प्लास्टिकको चामल र सक्कली चामल कसरि चिन्ने बिषयमा प्रशिक्षण दिएको थियो ।प्लास्टिकको चामल विश्वमै नपाइने भन्दै उपभोक्तालाई निर्धक्क हुन समेत खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागले आम उपभोक्तालाई आग्रह गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij