देवदहको नीति तथा कार्यक्रम:कृषि,स्वास्थ्य र रोजगारलाई मुख्य प्रथिमकता
देवदहको नीति तथा कार्यक्रम:कृषि,स्वास्थ्य र रोजगारलाई मुख्य प्रथिमकता
3.9K
SHARES
निर्मल एसपी मगर
असार१०,देवदह। रुपन्देहीको देवदह नगरपालिकाले कृषि ,शिक्षा ,स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाको तर्फ वाट सातौ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तु गर्दै नगरप्रमुख हिरा बहादुर खत्रीले देवदह नगरपालिकालाई व्यवसायीक कृषि उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्ने,पर्यटन प्रबर्दन शिक्षा र रोजगारलाई मुख्य प्रथिमकतामा राखि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
कृषि तथा पशु सेवा तर्फ
नगरपालिका क्षेत्र भित्र उत्पादन गर्न सकिने कृषि जन्य ,तरकारी जन्य ,फलफुल ,मासु जन्य ,तथा दुध जन्य बस्तुहरुमा नगरलाई आत्मनिर्भर बनाई निर्यात मुखी नीति अवलम्बन गरिने गरि प्राथमिकतामा राखिएको छ।
संस्कृति र पर्यटन
देवदह नगरपालिकाको आर्थिक समृद्दीको लागि कृषि पशुपलान संगै पर्यटनलाई पनि मुख्य प्राथमिकतामा राखिएको छ।नीति तथा कार्यक्रममा एसियाकै ठुलो पाकड़ी बृक्षको सरक्षण ,देवदह क्षेत्रमा निर्माण भैसकेका र निर्माणको चरणमा रहेका पार्क तथा पुरातात्विक सम्पदाहरुको सरक्षण तथा व्यवस्थापन तथा पर्यटकीय पूर्वाधार बिकासका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। साथै निर्माणको अन्तिम चरणमा रहेको कोशेली घर आगामी बर्ष संचालनमा ल्याउने उल्लेख छ ।
नीति तथा कार्यक्रममा कृषि ,शिक्षा ,स्वास्थ्य, रोजगार र पर्यटन संगै उद्योग बाणिज्य ,सहकारी ,बित्तिय क्षेत्र ,खानेपानी तथा सरसफाई ,सस्कृति पर्बर्दन ,युवा खेलकुद तथा मनोरंजन ,लैंगिक समानता तथा सामाजिक समाबेशीकरण ,बालमैत्री स्थानीय शासन ,पूर्वाधार विकास,सिचाई ,वाताबरण तथा विपद व्यवस्थापन ,फोहोर मैला तथा ढल व्यवास्थापन ,सस्थागत विकास तथा सेवा प्रबाह ,कानुन र न्याय ,अन्तरास्ट्रिय सहयोग,सहकार्य र सम्बन्ध बिस्तारलाई समेटेर कार्ययोजना सार्बजनिक गरि पारित गरिएको छ।
९० करोड १५ लाख ४७ हजार बराबरको अनुमानित बजेट केहि दिन भित्रै सार्बजनिक गरिने छ।