असार १२,देवदह।पाल्पा जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या ४ सय ४६ पुगेको छ। शुक्रबार मात्रै ७७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिए पछि जिल्लामा कोरोना संक्रमण हुनेको संख्या ४५० नजिक पुगेको हो।
शुक्रबार थपिएका ७७ जना मध्ये ७२ जना पुरुष र ५ जना महिला रहेका छन् ।संक्रमित मध्ये ७५ जना रामपुर नगरपालिकाको र २ जना तानसेन नगरपालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा क्रममा उनिहरुमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित सबै क्वारेन्टाइनमा बसेका हुन् ।
पछिल्लो समय स्थानीय तहरुले आफ्नै लगानीमा भीटीएम किट खरिद गरी स्वास्थ्य कार्यालय पाल्पाको समन्वयमा स्वाब संकलन गरी वढी भन्दा वढी परीक्षणको दायरा फराकिलो बनाउदै लगेको हो ।
पाल्पामा परीक्षणको दायरा वढाइएसंगै संक्रमित संख्या पनि वृद्धि हुदै गएको छ । बिहीवार मात्र १ सय २१ जना नयाँ संक्रमित भेटिएका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij