सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

'प्रथम नेशनल प्याब्सन कप' भलिवल प्रतियोगिता हुने

'प्रथम नेशनल प्याब्सन कप' भलिवल प्रतियोगिता हुने

images
  • 444
    SHARES

  • images
    images
    images
    'प्रथम नेशनल प्याब्सन कप' भलिवल प्रतियोगिता हुने
    images
    images
    images

    लुम्बिनी पाना, रुपन्देही । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन रुपन्देहीको आयोजनामा प्रथम नेशनल प्याव्सन कप भलिवल प्रतियोगिता हुने भएको छ । नेशनल प्याव्सन रुपन्देहीले संगठनमा आवद्ध विद्यालय र विद्यार्थीहरुको बिचमा खेलको माध्यमबाट एकता र सुमधुर सम्बन्ध कायम गर्न र प्रतियोगिता मार्फत विद्यार्थीहरुको खेलकुद क्षमताको विकास गर्न र उनीहरुमा अनुशासन, आत्मविश्वास तथा सामूहिक भावना बढाउन साथै खेलाडीको क्षमता पहिचान गरि भविष्यमा राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगितामा संगठनमा आवद्ध जिल्लाभरका ५५ विद्यालयका कक्षा १० सम्म अध्ययनरत छात्रछात्रा सहभागि हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार, द्वितीय हुनेले ७ हजार र तृतीय हुने टिमले ३ हजार नगद तथा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक कमल पौडेलले जानकारी गराउनुभयो । साथै विधागत पुरस्कार समेत रहेको उहाले बताउनुभयो ।

    images
    images
    images

    खेल यही माघ २५ र २६ गते देवदह ५ स्थित पानबारी खेल मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ । खेल FIVB अन्तर्राष्ट्रिय नियम अनुसार खेलाईने छ । खेल लिक कम नकआउटको आधारमा खेलाइनेछ र खेल सेमी फाइलन सम्म वेस्ट अफ थ्री र फाइनल खेल वेस्ट अफ फाइभ मा खेलाइने आयोजकले जनाएको छ । खेल दर्ता शुल्क भने एक हजार रहेको छ भने टिम दर्ता गर्ने अन्तिम मिति माघ २३ गते अपराह्नको ४: ०० बजे सम्म रहेको छ । प्रतियोगिताको टाइसिट सार्वजनिक माघ २४ गते गरिने आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij