सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह महोत्सवमा भलिबल प्रतियोगिता : वडा नम्बर ७ फाइनलमा प्रवेश

देवदह महोत्सवमा भलिबल प्रतियोगिता : वडा नम्बर ७ फाइनलमा प्रवेश

images
  • 438
    SHARES

  • images
    images
    images
    देवदह महोत्सवमा भलिबल प्रतियोगिता : वडा नम्बर ७ फाइनलमा प्रवेश
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदहमा संचालित ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत आयोजित अन्तर वडा पुरुष भलिवल प्रतियागितामा वडा नम्वर ७ फाईनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा वडा नम्वर ६ लाई सोझो सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

    खेलमा २५।२१, २५।१४ को सोझो सेटमा हराउदै वडा नम्वर ७ फाईनलमा प्रवेश गरेको हो । यसैगरी प्रतियोगिता अन्तर्गत वडा नम्वर ५ र वडा नम्वर १० सेमीफाईनलमा प्रवेश गरेको खेल संयोजक खेमराज चापागाईले जानकारी दिनु भयो । खेलमा वडा नम्वर ५ ले वडा नम्वर ११ लाई हराउदै सेमीफाईनलमा प्रवेश गरेको हो । खेलमा २५।१४, २५।२२ को सोझो सेटमा जित्दै वडा नम्वर ५ सेमीफाईनलमा प्रवेश गरेको हो ।

    images
    images
    images

    यसैगरी वडा नम्बर ९ लाई २।१ को सेटमा हराउदै वडा नम्वर १० सेमीफाईनलमा प्रवेश गरेको संयोजक चापागाईले जानकारी दिनु भयो । खेलमा २५।१७, १५।१२ को दुई सेट जित्दै वडा नम्वर १० सेमिफाईनलमा प्रवेश गरेको हो । खेलमा वडा नम्वर ९ ले २५।२१ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा प्रथम हुनेृ टिमले नगद ३० हजार, द्धितिय हुनेले नगद २० हजार, तृतिय टिमले नगद १० हजार सहित ट्फी र मेडल प्राप्त गर्ने संयोजक चापागाईले जानकारी दिनु भयो । दोश्रो सेमिफाईनल, तेश्रो स्थानको लागि र फाईनल खेल विहिवार खेल हुने संयोजक चापागाईले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij