लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा चौथो प्याव्सन खेल महोत्सव–२०८१ शुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) देवदह नगर समितिको आयोजनामा भएको चौथो प्याव्सन खेल महोत्सवको एक कार्यक्रमका वीच प्याव्सन लुम्विनी प्रदेशका बरिष्ठ उपाध्यक्ष धनराज चापागाईले उद्घाटन गर्नु भएको हो ।
प्याव्सन खेल महोत्सवको उद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष चापागाईले खेलको विकास र खेलाडी उत्पादनमा निजी विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाले विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्नुपर्ने बताउदै उत्पादीत खेलाडीको राज्यले संरक्षण गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाले बेला बेलामा हुने यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न सकिनेमा जोड दिनु भयो । चापागाईले खेलले नै स्वास्थ्य बनाउने भएकोले खेलको विकासको लागि सवै लाग्नु पर्नेमा जोड दिनु भयो । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) देवदह नगर समितिका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा अफिसियल अमृत काफ्ले लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
खेल संयोजक बोधराज गौडेलको स्वागत र प्याव्सन देवदहका सचिव कृष्णप्रसाद गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । चौथो प्याव्सन खेल महोत्सव–२०८१ अन्र्तगत विभिन्न खेलहरु सम्पन्न भएका छन् । सिनियर छात्र तर्फ भएको सटफुटमा सेभेनस्टार बोडिङ्ग स्कुल प्रथम, देवदह बुद्धपव्लिक स्कुल द्धितिय, एशियनलाई स्कुल तृतिय भएको छ भने छात्रा तर्फ देवदह बुद्ध पव्लिक प्रथम, देवदह मदरटङ्गस एकेडेमी द्धितिय, ग्रीनप्लान्ट स्कुल तृतिय भएको छ ।
यसैगरी सिनियर छात्र तर्फ भएको १५ सय मिटर दौडमा एशियनलाईट प्रथम, नारायण पव्लिक द्धितिय देवदह बुद्धपव्लिक तृतिय भएको छ । सिनियर छात्रा तर्फ भएको ८ सय मिटर दौडमा एशियनलाई प्रथम, देवदह बुद्ध पव्लिक द्धितिय, सेभेनस्टार स्कुल तृतिय भएको छ । सिनियर छात्र तर्फ सय मिटर दौडमा सेभेनस्टार प्रथम, एशियनलाई द्धितिय, ग्रीनप्लान्ट तृतिय भएको छ भने छात्रा तर्फ बुद्ध पव्लिक प्रथम, एशियनलाई द्धितिय, ग्रीन प्लान्ट तृतिय भएको छ । छात्र तर्फ भएको रिेलेमा ग्रीन प्लान्ट प्रथम, देवदह मदरटङ्गस एकेडेमी द्धितिय, बुद्धपव्लिक तृतिय भएको छ भने छात्रा तर्फ देवदह मदरटङ्गस प्रथम, बुद्धपव्लिक द्धितिय, सेभेनस्टार तृतिय भएको छ । सय मिटर रिलेको जुनियर तर्फ देवदह मटरङ्गस प्रथम, बद्धपव्लिक द्धितिय, नारायणी पव्लिक तृतिय भएको छ भने छात्रा तर्फ एशियनलाईट प्रथम, मटरटङ्गस द्धितिय, सेभेनस्टार तृतिय भएको छ । सवजुनियरको ५० मिटर छात्र तर्फ मदरटङ्गस प्रथम, बुद्धपव्लिक द्धितिय, सेभेनस्टार तृतिय भएको छ भने छात्रा तर्फ एशियनलाईट प्रथम, बुद्धपव्लिक द्धितिय, मटरङ्गस तृतिय भएको छ ।
सय मिटर रिलेको छात्र तर्फ एशियनलाईट प्रथम, ग्रीनप्लान्ट द्धितिय, बुद्धपव्लिक तृतिय भएको छ भने छात्रा तर्फ मटरटङ्गस एकेडेमी प्रथम, बुद्धपव्लिक द्धितिय, ग्रीनप्लान्ट तृतिय भएको छ । महोत्सव अन्र्तगत भलिवल प्रतियोगिता शुरु भएको छ । छात्रा तर्फ भएको भलिवल खेलमा सेभेनस्टारलाई हराउदै मदरल्याण्ड दोश्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी छात्र तर्फ भएको भलिवल खेलमा ग्रीनप्लान्ट विजयी भएको छ । मदरल्याणलाई हराउदै ग्रीनप्यान्ट दोश्रो चरणमा प्रवेश गरेको हो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij