सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

चौध दिन पुगिसक्दा पनि दोस्रो पटक परिक्षण नगरे पछि २१ संक्रमित भागे

चौध दिन पुगिसक्दा पनि दोस्रो पटक परिक्षण नगरे पछि २१ संक्रमित भागे

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    चौध दिन पुगिसक्दा पनि दोस्रो पटक परिक्षण नगरे पछि २१ संक्रमित भागे
    images
    images
    images

    असार १२ दैलेख।दैलेखको नौमूले गाउँपालिकाका कोरोना संक्रमित क्वारेन्टाइनबाट भागेका छन् । भैरव माविको क्वारेन्टाइनमा राखिएका २१ जना कोरोना संक्रमित बिहीबार राती भागेको गाउँपालिकाले जनाएको छ ।

    उनीहरुलाई क्वारेन्टाइनमै फर्काउन प्रहरी परिचालन गरिएको छ । नौमूले बजारस्थित भैरव माविमा रहेको क्वारेन्टाइनमा ९४ जनालाई राखिएको थियो ।झण्डै दुई हप्तासम्म पनि दोस्रो पटक पीसीआर परीक्षण नगरिएको भन्दै संक्रमित क्वारेन्टाइनबाट भागेको बताइएको छ । भागेकामध्ये केहीलाई बिहीबार राति नै ल्याइएको नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए । बाँकीलाई ल्याउन प्रहरी परिचालन गरिएको छ ।

    images
    images
    images

    अध्यक्ष बुढामगरले सबै संक्रमितको खोजी कार्य जारी रहेको बताए । संक्रमित भागेको खबर आएपछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट थप प्रहरी परिचालन गरिएको डीएसपी हरिबहादुर ओलीले बताए । नौमूले गाउँपालिकामा एक सय ४६ जनामा कोरोना पुष्टि भईसकेको छ । ती मध्ये ७ जना डिस्चार्ज भईसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

    अन्नपुर्ण बाट

    images
    images
    • शुक्रवार, आषाढ १२ २०७७०७:१२:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij