सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

प्रहरी निरीक्षकनै लागुऔषध कारोबारमा संलग्न:पाँच जना पक्राउ

प्रहरी निरीक्षकनै लागुऔषध कारोबारमा संलग्न:पाँच जना पक्राउ

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    प्रहरी निरीक्षकनै लागुऔषध कारोबारमा संलग्न:पाँच जना पक्राउ
    images
    images
    images

    असार १२काठमाडौ। लागुऔषधको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी निरीक्षकसहित पाँच जना पक्राउ परेका छन् ।लागु औषध नियन्त्रण ब्युरोको टोलीले नेपालगञ्ज घर भई हाल ललितपुर प्रहरी परिसरमा दरबन्दी रहेका प्रहरी निरीक्षक रुद्रबहादर शाहसहित पाँच जनालाई पक्राउ परेका हुन् ।

    पक्राउ पर्ने अन्य ब्यक्तिहरुमा उदयपुरको त्रियुगा नगरपालिका ११ का बर्ष ३६ का एलिसन बस्नेत, बर्दियाको ठाकुरबाबा नगरपालिका ३ का सन्तोष कुमार शाह, काठमाडौं महानगरपालिका १ नारायणचौर नक्सालका वर्ष ४८ का भुपेश शेरचन, काठमाडौं ३० ज्ञानेश्वरका अभिनास थपलिया रहेका छन ।

    images
    images
    images

    उनीहरु सबैलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पुरानो सिनामङ्गलस्थित सन्तोष कुमार शाहको घरबाट पक्राउ गरिएको हो । उनीहरुको साथबाट प्रहरीले मनोद्विपक लागू औषध डायलेक्स डिसि ६ सय ६० बोतल, नाइट्राभेट ११ सय ४० ट्याब्लेट्स, स्पामोप्रोक्सिभोन३ सय ३० क्याप्सुल र नगद १ लाख रुपैया बरामद गरेको छ ।पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै ब्युरोले उनीहरुलाई लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाएको जनाएको छ ।

    images
    images
    • शुक्रवार, आषाढ १२ २०७७०७:४४:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij