असार १४ देवदह ।रुपन्देहीको देवदह नगरपालिकामा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ। केहि दिन अघि भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका दुइ जनामा कोरोना पोजेटिभ देखिएको हो। एक जना भने देवदहको क्वारेन्टाइनमा बसेका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो।
कोरोना पोजेटिभ देखिएकाहरु २० देखि ५० बर्ष उमेर समुहका रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको देवदह नगरपालिका नगर प्रमुख हिरा बहादुर खत्रीले जानकारी दिनुभएको छ ।
कोरोना पोजेटिभ देखिएकाहरुलाई थप उपचारको भैरहवा स्थित भीम अस्पतालको आईसोलेसनमा पठाईएको र उनीहरु संग सम्पर्कमा रहेकाहरुको खोजि भैरहेको देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ वन्जाडेले जानकारी दिनुभएको छ।
कोरोना पोजेटिभ देखिएकाहरु मध्य दुइ जना पुरुष र एक जना महिला रहेका छन्।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij