सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नाली मिचेर संरचना बनाउदा देवदहका केहि बस्ती जोखिममा

नाली मिचेर संरचना बनाउदा देवदहका केहि बस्ती जोखिममा

images
  • 4.7K
    SHARES

  • images
    images
    images
    नाली मिचेर संरचना बनाउदा देवदहका केहि बस्ती जोखिममा
    images
    images
    images

    निर्मल एसपी मगर

    असार १५,देवदह।देवदह नगरपालिकाका केहि वडाहरुमा सरकारी कुलो तथा नालिहरु मिचेर संरचना बनाउदा घर तथा बस्तीहरु जोखिममा परेका छ।
    अव्यस्थित तरिकाले सरकारी जग्गा मिचेर घर निर्माण गर्ने ,पानीको निकास नराखिकन प्लटिङ्ग गर्ने लगायतको कारण बर्षादको समयमा घरहरु जोखिममा परेका हुन्। देवदहका वडा नम्बर सातको शितलनगर भवानीपुर मार्ग,देवदह २, देवदह १० घोडाहा लगायत ठाउहरुमा पानीको लागी निकास नहुदा घरहरु जोखिममा परेका हुन्।

    images
    images
    images

    नगरपालिकाका केहि वडाहरुमा भने पानि जाने निकास भए पनि पुरिएको कारणले समस्या भएको र यस बिषयमा सम्बन्धित निकायमा जानकारी गराउदा बजेट नभएको भन्दै व्यवस्ता गरिएको भन्दै स्थानीयले गुनासो गरेका छ।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    नगरपालिका घोषणा नहुदै बनेका संरचनाले गर्दा समस्या भएको ,ढल ,कुलो नाली ,मिचेर संरचना बनाउदा पानी जाने निकास नभएकोले केहि घरहरुमा जोखिम र सडक समेत बिग्रिएको देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले बताउनु भयो। नगरप्रमुख खत्रीका अनुसार अव्यवस्थित प्लटिङ्ग पनि यसको प्रमुख कारक रहेको बताउनु भयो।

    स्थानीयहरू मिलेर निकासको लागि सहमति भएको खण्डमा, नगरपालिकाले बजेट समेत छुट्याएको र तत्काल समस्या समाधान गर्न नगरपालिका तयार रहेको समेत उहाको भनाइ थियो।
    हाल सम्म नगरपालिकामा लिखित रुपमा कसैको गुनासो नआएको र यदि स्थानीयहरूले नाली निर्माणमा अबरोध नगरी मिचिएका संरचना हटाउन सहयोग गरे,सर्बसाधारणको समस्या समाधान गर्न नगरपालिका सधै तत्पर रहेको समेतनगरप्रमुख हिरा बहादुर खत्रीले बताउनु भयो ।

    106223848_273148597360905_1646724384538984647_n.jpg

     

     

     

    images
    images
    • सोमवार, आषाढ १५ २०७७१०:५३:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij