सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सगरमाथामा वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु

सगरमाथामा वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु

images
  • 649
    SHARES

  • images
    images
    images
    सगरमाथामा वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। सगरमाथा आवासीय मावीमा ३१ औं वार्षिकोत्सबको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ।सोमबार सगरमाथा कलेजमा छात्रा भलिबल प्रतियोगिता सुरु भए सङ्गै साता व्यापी कार्यक्रम सुरु भएको हो।

    सगरमाथाले आयोजना गरेको दोस्रो संस्करणको भलिबल प्रतियोगितामा देवदह नगरपालिकाका १२ वटा विद्यालयको सहभागिता रहेको र आज उद्घाटन खेलमा कोलिय इङलिस बोर्डिङ स्कुल चरङ्गेले सेभेन स्टार इङलिस बोर्डिङ स्कुललाई २५-१२ र २५-२३ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणम प्रवेश गरेको छ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, शिल्ड र मेडल, द्वितीय हुने विद्यालयले नगद १० हजार शिल्ड र मेडल तथा तृतीय हुने विद्यालयले नगद ५ हजार शिल्ड र मेडल प्राप्त गर्नेछन् ।

    वार्षिकोत्सबको अवसरमा छात्रा भलिबल प्रतियोगिता सङ्गै अभिभावक खेलकुद, जिल्ला स्तरीय कविता वाचन प्रतियोगिता, बृहत स्वास्थ्य शिविर लगायतका कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो।

    कार्यक्रम अन्तर्गत फागुन २८ र २९ गते छात्रा भलिबल, फागुन २ गते जिल्ला स्तरीय कविता रचना एवं वाचन प्रतियोगिता, फागुन २ देखि ४ गतेसम्म देवदह मेडिकल कलेजको सहजीकरणमा नि: शुल्क स्वास्थ्य शिविर, फागुन ५ गते अभिभावक एवं शिक्षक खेलकुद कार्यक्रम ६ गते पुरस्कार वितरण एवं सास्कृतिक कार्यक्रम र ७ गते मूल समारोह रहेको प्राचार्य पौडेलले बताउनुभयो।

    छात्रा भलिबल प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले विद्यालयले शैक्षिक नतिजा सङ्गै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको र थप सफलताको शुभकामना व्यक्त गर्नुभयो।

    कार्यक्रममा देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रे, वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, महामाया भवानी माविका प्राचार्य ऋषिश्वर अर्याल, न्यू लुम्बिनी बोर्डिङ स्कुलका प्राचार्य विनोद थापा मगर र शिक्षकहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रम विद्यालयका अध्यक्ष डिल्लीराज मरासिनीको अध्यक्षता र शिक्षक दामोदर सापकोटाको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij