असार १८,देवदह।रुपन्देहीको देवदह नगरपालिकामा अवस्थित क्वारेन्टाइनहरुमा स्वास्थ्य सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । .
देवदहमा अवास्थित क्वारेन्टाइन हरु मा विभिन्न खालका स्वास्थ सामाग्री बितरण तथा सन्देशमुलक कार्यक्रम गरिएको हो।
देवदह खैरेनी मा अवस्थित श्री कृष्ण दात तथा आँखा उपचार केन्द्र द्वारा आयोजित एस कार्यक्रम मा डा कृष्ण गैरेले मुख को सरसफाइ का बारेमा सन्देश प्रवाह गर्नुभएको थियो । Travel Dentistry Nepal र "SHE " नामक सामाजिक संस्था को प्राबिधिक सहयोग मा सुसम्पन्न भएको एस कार्यक्रम महिला ले प्रयोग गर्न मिल्ने होम मेड स्यानिटरी प्याड ; र सम्पुर्ण लाई मास्क ; कोल्गेट ; तुथब्रस ; बिस्कुट ; साबुन लगायत का सामाग्री हरु प्रदान गरिएको थियो ।

देवदह मा रहेको "श्री केरवानी उच्च मा वि " मा ५४ जना र " जनप्रिय मा बि भलुही " मा ३८ जनालाइ स्वास्थ्य सामाग्री बितरण गरिएको हो । जसमध्य दुबै क्वारेन्टाइन गरेर २२ जना महिला लाई " SHE" संस्था द्वारा निर्मित स्यानिटरी प्याड बितरण गरिएको छ । " बुटवल फिजियोथेरापी एन्ड रिहाब सेन्टर " र "नेपाल हेल्थ कर्प्स " को समन्वय मा भएको यस कार्यक्रम मा "नेपाल हेल्थ कर्प्स " का एम्बेस्डर आबिस्कार पराजुलीले मानसिक स्वास्थ्यको बारेमा सन्देश मुलक अभिव्यक्ति राख्नु भएको थियो ।
कार्यक्रममा देवदह क्षेत्रका स्वास्थ्य क्षेत्रमा आबद्ध विभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।




Copyright © All right reserved to Lumbini Pana Site By: Sobij