सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देहीको क्षेत्र नम्बर १(१) मा २६ करोड बजेट बिनियोजन

रुपन्देहीको क्षेत्र नम्बर १(१) मा २६ करोड बजेट बिनियोजन

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    रुपन्देहीको क्षेत्र नम्बर १(१) मा २६ करोड बजेट बिनियोजन
    images
    images
    images

    असार १९,देवदह।रुपन्देहीको क्षेत्र नम्बर १(१) मा चालु आर्थिक २०७६/२०७७ का आयोजनाहरु मध्य ८० प्रतिशत सम्पन्न भएको छ।विश्वभर फैलिरहेको कोभिड १९को बाबजुद पनि विकास निर्माणका कामहरु संचालन भैरहेको र केहि संरचना हरु सम्पन्न हुने चरणमा रहेको रुपन्देही क्षेत्र न १ (१) का सांसद डा कृष्ण न्यौपानेले बताउनु भएको छ।

    रुपन्देही क्षेत्र नम्बर १(१) मा प्रदेश सरकारको आर्थिक बर्ष २०७६/२०७७ र २०७७/२०७८ मा विनियोजित बजेटको बिषयमा पत्रकारहरु संग छलफल गर्दै सम्पन्न भएका कामहरुको अनुगमन संचारकर्मीहरुले समेत गर्नुपर्नेमा जोड दिनुभएको छ।
    लक डाउनको कारण बाकि रहेका केहि कामहरु प्रभावित भएको कारण सोचे अनुरुप काम गर्न नसकिएको सांसद न्यौपानेले बताउनु भएको छ।
    चालु आर्थिक बर्ष २०७६/२०७७ मा विनियोजित बजेट मध्य सडक तर्फ खैरेनी,गुरुङटोला,ढेकावर जाने सडक,सूर्यपुरा बसन्तपुर हुदै तिलोत्तमा कान्छी बजार जोड्ने सडक ,भगवानपुर् भन्सार देखि खैरेनी माथागढ़ी पाल्पा जोड्ने सडक र देवदह भण्डारी टोल देखि लक्ष्मी टोल सहदवानिया जमुवानी हुदै बोधबार दसगजा सिमाना सडकको लागि क्रमश:रु ५० लाख ,रु ४० लाख ,रु १ करोड ५० लाख र रु १ करोड ५० लाख बजेट परेको थियो र यी सडकहरु निर्माण सम्पन्न हुने चरणमा छन्।

    images
    images
    images

    सिचाई तर्फ कलुवा सिचाई योजनाको लागि दुइ करोड ,रोहिणी सिचाई आयोजनाको लागि ४ करोड ,भवानीपुर ,देविदमार सिचाईको लागि २५ लाख देवीस्थान ट्युबवेलको लागि ३० लाख ,डीप ट्युबवेल बोधबारको लागि ७० लाख ,देवदह डीप ट्युबवेलको लागि २७ लाख ३० हजार ,सिगाहा डीप ट्युबवेलको लागि ३० लाख र देवदह मितेरी गाउ डीप बोरिङ्गको लागि १० लाख बजेट बिनियोजन भएको थियो र यी योजनाहरु पनि निर्माण सम्पन्न हुने चरणमा छन।

    Image may contain: 5 people, people sitting, table and indoor

    त्यस्तै खानेपानी तर्फ चालु आर्थिक बर्ष २०७६/२०७७ मा तिनापा ११ भुल्के खानेपानी आयोजनाको लागि १ करोड ,देवदह ११ ,१२ र ओम सतिया खानेपानी ७५ लाख ,तिनापा भूपू सैनिक खानेपानी १ करोड ,पजरकट्टी खानेपानी ५० लाख ,मायादेबी खानेपानीको लागि २०लाख ,देवीस्थान खानेपानीको लागि १५ लाख धकधई खानेपानीको लागि १० लाख ,रोहिणी खानेपानीको लागि ६० लाख र भुलभुले खानेपानीको लागि ५० लाख बजेट बिनियोजन भएको थियो।

    तटबन्ध तर्फ रोहिणी खोला नियन्त्रणको लागी करिब २५ लाख ,देवदह नगरपालिका बिभिन्न स्थानमा तटबन्ध तथा भू संरक्षणको लागि ८७ लाख देवदह नगरपालिका बिभिन्न स्थानमा तटबन्ध तथा सिचाईको लागि ७५ लाख रकम बिनियोजन भएको थियो र यी परियोजनाहरु पनि निर्माण सम्पन्न हुने चरणमा छ।

    कृषि तर्फ स्मार्ट कृषि गाउ देवदह ९ घोडाहाको लागि ५० लाख रकम बिनियोजन भएको थियो र हाल कृषि गाउ मार्फत तरकारी तथा कृषि जन्य उत्पादन भैरहेको छ।
    शिक्षा तर्फ देवदह आदर्श बहुमुखी क्याम्पसको लागि २५ लाख ,नवज्योति शंकरमान श्रेष्ठ आधारभूत बिद्यालय कम्पाउण्ड वाल तिनापाको लागि १० लाख ,भबिष्य निर्माण आधारभूत बिद्यालय कम्पाउण्ड वाल ओम सतिया ६ को लागि १० लाख,फुलवारी आधारभूत बिद्यालयको कम्पाउण्ड वाल निर्माणको लागि १० लाख रुपैया रकम बिनियोजन भएको थियो।

    रुपन्देही क्षेत्र नम्बर १(१) का बिद्यालयहरुलाई प्रत्यक बर्ष बजेट बिनियोजन गरिएको र यो बर्ष बजेट नपरेका बिद्यालयहरुलाई क्रमै संग बजेट बिनियोजन गरिने डा न्यौपानेले बताउनु भयो।

    प्रयटन तर्फ गौतम बुद्द रास्ट्रीय उधानको लागि ५० लाख बजेट बिनियोजन भएको थियो र हाल निर्माणकै क्रममा रहेको छ। त्यस्तै जनता आवास कार्यक्रमको पनि लगभग ९० प्रतिशत काम सकिएको छ। कोशेली भवन र यशोधारा उधानको निर्माणको काम पनि तिब्र गतिमा भैरहेको छ।

    त्यस्तै आर्थिक बर्ष २०७७/२०७८ लागि २५ करोड ६३ लाख बजेट बिनियोजन गरिएको छ र अझै बढ्न सक्ने जानाकारी दीएको छ। सडकको लागि ७ करोड २० लाख ,पर्यटनको लागि ६० लाख ,कृषिको लागि २ करोड ४८ लाख ,सिचाईको लागि ५ करोड ३० लाख खानेपानीको लागि ३ करोड १५ लाख ,शहरी पूर्वाधार बिकासको लागि १ करोड ८० लाख ,ग्रामिण बिकास तथा रोजगार कार्यक्रमको लागि १ करोड ९० लाख ,तटबन्ध तथा जल उत्पन्न प्रकोप न्यूनीकरणको लागि ५० लाख ,शिक्षको लागि १ करोड ,जनता आवास कार्यक्रमको लागि ४ करोड ३२ लाख ,गरि कुल २५ करोड ६३ लाखको बजेट बिनियोजन गरिएको हो।
    छुटेका आयोजानाहरु जस्तै सुनकौडा ट्युबेल र सरनवारी जोड्ने पुलको डीपीआर समेत गरि प्रदेश संसदहरुको बिशेष पहलमा शिफारिस गरिने समेत बताइएको छ।

    images
    images
    • शुक्रवार, आषाढ १९ २०७७०७:५१:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij