असार १९,देवदह।रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सडकको डिभाइडरमा हुर्किसकेका स्टोनियाका रुख बिहीबार राति अज्ञात व्यक्तिले काटिदिएका छन् ।
मणिग्राम चोकदेखि उत्तर नयाँ मिलसम्म ३० वटा रुख हतियारको प्रयोग र हातले भाँचेर क्षति पुर्याइएको छ । स्टोनियाका रुखहरुमा कसले क्षति पुर्याएको हो भन्ने पहिचान हुन नसकेको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।
एक बर्ष अघि यहि क्षेत्रमा दुइ वटा बुद्दका मुर्तिहरु फोदिएका थिए। बुद्दका मुर्तिहरु तोडफोड गर्ने अझै पत्ता लाग्न सकेका छैनन्। प्रहरीले अनुसन्धान गरिरहेको र अपराधि जो सुकै भए पनि नछोडिने नगर प्रमुख घिमिरेले बताउनु भयो।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij