सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहका ७५ बर्षीय पुरुषको मृत्यु पछी कोरोना पुस्टि,यस्तो छ ट्राभल हिस्ट्री

देवदहका ७५ बर्षीय पुरुषको मृत्यु पछी कोरोना पुस्टि,यस्तो छ ट्राभल हिस्ट्री

images
  • 9.5K
    SHARES

  • images
    images
    images
    देवदहका ७५ बर्षीय पुरुषको मृत्यु पछी कोरोना पुस्टि,यस्तो छ ट्राभल हिस्ट्री
    images
    images
    images

    असार २०,देवदह। असार १७ गते काठमाडौं त्रीबी शिक्षण हस्पिटलमा उपचारको क्रममा निधन भएको देवदहका ७५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुस्टि भएको छ।

    यस अघि बुटवलको हस्पिटलमा उपचार गराइराखेका देवहदका उनलाई थप उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। क्षयरोग वाट पिडित ७५ बर्षीय पुरुषको उपचारकै क्रममा उनको १७ गते निधन भएको र १८ गते कोरोना संक्रमण पुस्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेका अनुसार मृतकका आफन्त क्वारेन्टाइनमा बसेको र स्वास्थ्य परिक्षण गरिने जानकारी दिनुभएको छ।

    यस्तो छ मृतक पुरुषको ट्राभल हिस्ट्री

    95390669_236320977579304_6852950483493978112_n.jpg

    भारतमै अस्थाई बसोबास भएका उनि करिब छ महिना अघि नेपाल घर आएका थिए। स्थानीय गणेश डुम्रेका अनुसार गत फागुनमा महिनामा बिरामी भै पिसाब लामो समय सम्म रोकिएपछि उनलाई भैरहवा स्थित लुम्बिनी मेडिकल कलेजमा भर्ना गरिएको थियो। त्यहाँ केहि समय उपचार गरे पछी १५ /२० दिन घर राखी उनलाई थप उपचारको लागि चितवन लगिएको थियो।

    चितवन मेडिकल कलेजले पिसिआर चेक नभई बिरामी भर्ना लिन नमाने पछी उनलाई चितवन वाट बुटवल ल्याई लुम्बिनी प्रादेशिक हस्पिटलमा भर्ना गरिएको थियो।लुम्बिनी प्रादेशिक हस्पिटलमा करिब २० दिन अघि पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण नेगेटिभ देखिएको थियो।कोरोना नेगेटिभ देखिएपछि उनलाई १२ दिन अघि पुन उपचारको लागि चितवन लगिएको थियो।

    चितवन हस्पिटलले उपचारकै क्रममा बिरामीको स्वस्थ परिक्षणको लागि केहि नमुना काठमाडौं पठाउनु पर्ने बताएपछि ,बिरामीका आफन्तले बिरामीलाईनै थप उपचारका लागि काठमाडौं लैजाने भने पछि असार १४ गते बिरामीलाई काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको १७ गते निधन भएको थियो। १८ गते कोरोना संक्रमण पुस्टि भएको थियो।

    यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३४ पुगेको छ।त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १५४९१ पुगेका छन् भने ६४१५ डिस्चार्ज भएका छन्।

    images
    images
    • शनिवार, आषाढ २० २०७७०८:३३:३५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij