सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपालमा गैरकानुनी आर्थिक कारोबारको भयावह स्वरुप र दोहोरो अबैध हुण्डी

नेपालमा गैरकानुनी आर्थिक कारोबारको भयावह स्वरुप र दोहोरो अबैध हुण्डी

images
  • 3.3K
    SHARES

  • images
    images
    images
    नेपालमा गैरकानुनी आर्थिक कारोबारको भयावह स्वरुप र दोहोरो अबैध हुण्डी
    images
    images
    images

    असार २१,देवदह। अबैध रुपमा हुण्डीको कारोबारमा बृद्दी भए पछि देशको आर्थिक अवस्थामा प्रत्यक्ष्य असर गर्नुको साथै अर्थ व्यवस्था टाट पल्टिने अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय संस्था द ट्याक्स जस्टिस नेटवर्कले गरेको अध्ययनले पनि नेपालबाट ठूलो मात्रामा अवैध धनको ओसारपसार भइरहेकोे देखाएको छ ।

    नेपालीहरुले कानुन बिपरित बिभिन्न देशहरुमा अवैध आर्जन लुकाउने गरेको समेत देखाएको छ। ठुला ब्यापारीहरुले बैंक वाट नभई हुण्डी वाट कारोबार गर्न झन्झट नहुने र ट्याक्स समेत तिर्न नपर्ने भएकोले अर्बौ रकम राज्यले गुमाउनु परेको छ।

    images
    images
    images

    अबैध हुण्डीको कारोबार हुने गरेका केहि तथ्यहरु

    अबैध रुपमा हुण्डीको कारोबार बढेको र गैरकानुनी आर्थिक कारोबारको भयावह स्वरुपको कारण रास्ट्रको आर्थिक अवस्था टाट पल्टिएको भन्दै हङकङ वाट चेतनाथ चौलागाईले उजुरी समेत हालेका छन्।

    श्री सम्माननिय प्रधानमन्त्री ज्यु,प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिहंदरबार काठमाडौ , नेपाल 

    विषय : गैरकानुनी आर्थिक कारोबारको भयावह स्वरुप र कारक तत्व समन्धमा ।

    महोदय,प्रस्तुत बिषयको समन्धमा म एक सच्चा देशभक्त नेपाली नागरिकको हैसियतले आज देश भित्र  र बिदेशमा हुने र भैरहेका दोहोरो हुण्डी लगाएत अबैधानिक आर्थिक कारोबार र त्यसको भयावह स्थितिका बारेमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।देशका लाखौं लाख नेपालीहरु रोजगारि ब्यापार वा अन्य कामको सिलसिलामा बिस्वभरका विभिन्न देशहरुमा बसोबास गर्दै आइरहेका छन।नेपालको आंकडा लाई हेर्दा पछिल्लो तीन दशक देखि नेपालीहरु बिदेस गएर रोजगारी वा ब्यापार गर्ने क्रम तिब्र गतिमा अगाडि बढीरहेको  छ ।त्यहा भन्दा अघि बृटिष सैनिकहरु बाहेक अन्य नागरिकहरू बिदेशमा बसेर रोजगार या ब्यबसाय गर्ने प्रचलन निकै कम थियो। लाखौं लाख नेपालीहरु बिदेशमा छन ब्यबसाय गरेका छन,रोजगारी गरेका छन यो राम्रो कुरा हो,तर यसले देशलाई के कति फाइदा पुगेको छ त ? कसरी फाइदा पुगेको छ त ?यसको अनुगमन कस्ले गरेको छ? अनुगमनको तरिका प्रणाली के हो? भएको छ भने कसरी i भएको छ त्यसको साबुत प्रमाण के छ? भएको छैन भने किन भएको छैन? 
    यी प्रश्नहरुको गम्भीर समिक्षा र बिगत ३० बर्ष देखिको अनुसन्धान गरी कारबाही हुन जरुरी छ। नेपालमा अहिले एउटा यो भनाई ब्याप्त छ रेमिटेन्सले देश चलेको छ, सरकार राजनैतीक दलहरुले पनि यो कुरामा झ्याली पिटिरहेको छन र युवाहरूलाई बिदेश जान प्रोत्साहन गरिरहेको महसुस  हुन्छ । यहाँ रेमिटेन्सले देश चलिरहेको छ भनेर प्रचार गरिनु भन्दा पहिला रेमिटेन्स भनेको के हो ? के हो रेमिटेन्सको परिभाषा ? यो प्रस्ट हुन जरुरी छ कसरी चलेको छ रेमिटेन्सले देश? के यहाको सरकारी निकाय सग अथवा कुनै सरकारी संयन्त्र सग त्यसको तथ्यांक छ त? छ भने के त्यो तथ्यांक सहि छ त ? एक जना होइन दुई जना होइन हजार पनि होइन करिब पचास देखि साठि लाख नेपालीहरु आज विश्वका विभिन्न मुलुकहरुमा पेशा ब्यबसाय र रोजगारिको सिलसिलामा छन तिनिहरुले मासिक कम्तिमा लाख करोड होइन खरबौं खरब बिदेसी मुद्रा आर्जन गरिरहेका छन के बिदेश मा आर्जन गरेको त्यो पैसा बैधानिक स्रोत बाट नेपाल भित्रीएको छ त ? नेपाल सरकारले वार्षिक एक दुई खर्बको रेमिट्यान्स भित्रिएको  आकडा पेश गरेर त्यसलाइ आधिकारिक मान्न सकिन्छ ? रेमिट्यान्स भनेको नेपाल भित्रिने सम्पूर्ण बिदेशी मुद्रा होइन,बिदेशमा विभिन्न माध्यमबाट नेपालीहरुले आर्जन गरेको बिदेशी मुद्रा बैङकिङ प्रणाली मार्फत अथबा बैधानिक स्रोत मार्फत नेपाल भित्र्याए बापत नेपाल राष्ट्र  लाई  तिर्ने ट्याक्स हो, त्यो नै हो सरकारी सम्पती तथा असली रेमीटेन्स यदि नेपाल भित्रिने  सम्पुर्ण बिदेशी  मुद्रा रेमिट्यान्स हुन्थ्यो भने त अन्य अबैध स्रोत बाट पनि खरबौ रकम सजिलै भित्रिएका  छन भित्रिन्छन पनि त्यसैले जसरी अहिले रेमिट्यान्सको झ्याली सरकार र नेपालका  विभिन्न राजनैतिक पार्टी र  नेताहरू लगाएतले झ्यालि पिटने गर्छन त्यसमा कुनै सत्यता छैन। त्यसकारण राजनैतीक दलका  नेता र सरकारी उच्च ओहदामा बस्नेहरुको सम्पत्ति समेत  अबैधानिक छ किनकी उनिहरुले कमिसन हुन्डीवालाहरु बाट लिने गर्दछन त्यो कमिसन लिनाका लागी राजनैतीक दलहरु बाट बिदेशमा आ -आफ्नो भात्री संगठनहरु खेलेर र एन  आर  एन हरुले हुन्डिवालाहरु सँग साठ गाठ  र उठ बस हुने गर्दछ  । यसरी तिस बर्शे काल खण्डमा राजनैतीक दलका केही नेताहरु र आर्थिक कारोबार सँग सम्बन्धित उच्च  सरकारी कर्मचारीहरु ले देशको अर्थ तन्त्र लाई तहस नहस बनाएर समक्रमन कालिनको ब्यापक फाईदा  अहिले सम्म उठाउदै आएका छन ।  
    के नेपाल सरकारको काम राहादानिको ब्यापार गर्ने मात्र हो त? पासपोर्ट बनाएर बिदेश पठाएपछि त्यसले कति कमायो  के अवस्था छ र कमाएको पैसा नेपाल कसरी पठायो कुन स्रोत बाट पठायो बैधानिक स्रोत बाट पठायो कि पठाएन?यसको डाटा सरकारले राख्नु पर्छ कि पर्दैन ? राख्नु पर्छ भने ,राखेको छ भने खोइ कहाँ छ  ? पछिल्लो तीस बर्ष यता कति नेपाली बिदेशिए  ? तिनले के कति बिदेसी मुद्रा नेपाल भित्राए? कुन स्रोत बाट पैसा पठाए त्यसले नेपालको अर्थतन्त्रमा के कस्तो प्रभाब पार्यो ? बिदेशमा  रहेका हुन्डिवाल माफियाहरु र   सम्लंग्न दलाल नेताहरूको  डाटा आम जनता समक्ष पेस गर्नुपर्यो । यदि छैन भने किन छैन ? या त भन्नुपर्यो सरकारको काम राहादानिको ब्यापार मात्र गर्ने हो ! नत्र वार्षिक एक दुई अर्ब रेमिटेन्स भित्रिएको  हौवा पिटेर देश लाई टाट पल्टाउने काम जायज हुन्छ  कि हुदैन ? सरकार राजनैतीक दलका नेताको तथ्यांकलाई कुनै पनि आधारमा सहि मान्न सकिन्न किन कि सरकार दलका नेता र बिदेश स्थित नेपाली च्याम्बर्स अफ कमर्शले पेश गरेको रेमिट्यान्सको वार्षिक आकाडा एक महिनामा भित्रिनुपर्ने रेमिट्यान्सको हेन्डेलिङ चार्ज (सेवा सुल्क) मात्र हो ।

    यदि बिदेशमा नेपालीले आर्जन गरेको बिदेशी मुद्रा बैधानिक स्रोत बाट नेपाल भित्रिने हो भने एक महिनामा दसौं खरबको रेमिट्यान्स को तेक्स भित्रिन्छ भने एक बर्षमा एक सय खरब भन्दा बढी रेमिट्यान्स भित्रिन्छ र भित्रिनु पर्छ तर सरकार र राजनैतीक दलहरुको  तथ्यांक निकै हास्यास्पद र नजायज खालको देखिन्छ । यसको कारण दुई वटा मान्न सकिन्छ पहिलो नम्बरमा सरकार स्वयं पैसाको अबैध कारोबार गर्ने माफिया र दलालहरुको चङगुलमा फसेको छ ,यहाका सरकारी कर्मचारी बिदेश स्थिति नेपालका  नियोगका कर्मचारी नै हुन्डि मार्फत आफुले बुझेको तलब नेपाल पठाउने गर्दछन त्यस्को पुषटी सरकार आँफैले गर्ने हो ।  आज विश्वका  विभिन्न मुलुकहरुमा लाखौं लाख नेपालीहरु विभिन्न पेशा ब्यबसाय गर्दै आइरहेको तथ्य सबैमा जानकारी  नै छ युरोप ,अमेरिका, हङकङ जापान कोरिया मलेसिया अरब खाडी भारत लगाएतका नेपाली नपुगेको विश्वको  कुनै मुलुक छैन ।नेपालीहरुले ठुला ठुला ब्यबसाय पनि गरेका छन रोजगारी गरेका छन यसको मतलब नेपाली हरुले बिदेशमा प्रसस्त बिदेशी मुद्रा आर्जन गरेका छन तर नेपालीहरुले जति मुद्रा आर्जन गरेका छन त्यसको दुई प्रतिशात पनि बैधानिक प्रणाली मार्फत नेपाल भित्रिएको छैन।यसको प्रमुख कारण हुण्डी रहेको छ। हुण्डी अबैध रुपले बिदेशी मुद्रा नेपाल भित्र्याउने माध्यम हो ।यो माध्यम बाट खरबौं बिदेशी मुद्रा नेपाल भित्रने गर्दछ ।पछिल्लो १५  बर्ष यता बिदेशमा बसोबास गर्ने नेपालीहरुले गैरआबसिय नेपाली संघ एन आर एन गठन गरेका छन यसमा बिदेशमा बसेर ब्यबसाय गर्ने धनीमनी  र घरानिया नेपाली हरुको बाहुल्यता रहेको छ।यो संघलाई नेपालीहरु बसोबास गर्ने विश्वका  हरेक देशमा यसको सङगठन बिस्तार गरिएको छ। अधिकांस यिनै एन आर एनका  माथिल्ला घरनाका सदस्यहरु नै अबैध रूपमा दोहोरो हुण्डीको  कारोबार गर्ने गरेको तथ्यांकहरु प्रसस्त  छन। विभिन्न राजनैतिक दलको संरक्षणमा एन  आर एन  बिदेश स्थित नियोगका कर्मचारी अन्त्सुल्क ,राजस्व बिभाग ,अर्थ मन्त्रालय नेपाल राष्ट्र  बैँक परराष्ट मन्त्रालय लगाएतका  सरकारी  उच्च तहका कर्मचारीहरुको मिलेमतोमा हुण्डीको दोहोरो कारोबार हुने गरेको तथ्यहरु खुल्न आएको  छ।

    यसरी दशकौंदेखि यिनीहरुले देशको अर्थतन्त्रमा ब्रह्मलुटको शृङ्खला मच्चाउदै आइरहेका छन कानुन बिपरित गैरकानुनी आर्थिक काम गर्ने सरकारीकर्मचारी ,राजनैतिक पाटी र ब्यापारी हरु बारेको बिस्तृत विवरण तल प्रस्तुत गरी रहेको छु .म सन १९९४ देखि रोजगारीको सिलसिलामा चिनको स्वसासित क्षेत्र हङकङमा बस्दै आएको छु। र बिदेशबाट देशका लागि घातक सिद्ध हुने बिभिन्नखाले गतिविधिहरुलाइ गहिरिएर अध्ययन गरि नियाल्दै आइरहेको छु। जुन कार्य बाट देश र नेपाली जनतालाई पर्न गएको घाटा हानिको तथ्यांकलाई उतार्ने कोशिश गरेको छु।बिदेशी भुमी देखि देशलाइ कंगाल बनाउन नेपाली माफियाहरु व्यापक रूपमा दलका  झन्डु  कार्यकर्ता भएर र बनाएर परिचालित छन। ब्यबसायको नाउमा गैरकानुनी हुण्डिको दोहोरो आर्थिक कारोबार गरेर प्रतिदिन देशको लाखौंलाख राजस्व हिनामिना गरिरहेका छन।माफियाहरु राजनैतीक   दलका केही नेता एन आर एन र नेपाली बिदेसी कोमर्श चेम्बर का  सदस्यहरु हुण्डिका ब्यापारी देखि सरकारमा रहेका उच्च ओहोदाका नेता सम्म उठबसका विभिन्न खाले कानुन बिपरितका काम गर्न मिलेमतो हुन्छ र  भै रहेको  छ ।  हङकङ विश्व बजारमा संसारकै ब्यापारिक केन्द्र हो।यहाँ संसारका ठुला ठुला ब्यापारीहरुको उठबस हुने गर्दछ।भने नेपालका माफियाहरु सग समन्धी ब्यापारि भनाउदाहरु संसारभरका गैरकानुनी दोहोरो हुण्डिका रकमहरु बटुलेर हुन्डिको    केन्द्रिय कार्यालय राजधानी जस्तो रहेको हङकङबाट देशलाइ घात हुने विभिन्न गतिविधिहरुमा संगलग्न हुन्छन। म सानै देखि अन्याय बिरुद्द आवाज उठाउने ब्यक्ती भएकाले बेलाबेलामा पन्चायती शासकहरुका विरुद्ध पनि बिरोधिका रुपमा रहने हुनाले संधै उनिहरुको निसानामस पर्ने गर्थे। म सन १९९४ मा हङकङ आएपछि दोहोरो  हुण्डी कारोबार गर्नेहरुको बिरोधि थिए र  छु। यसै क्रममा  देसमा जनताहरुले परिवर्तन चाहेका हुनाले बी स २०५२ सालमा माओवादीले जनयुद्ध घँषणा गरे पश्चात् माओवादी पाटी सग म  नजिक भएको थिए र म सग सन १९९७ देखि नै सिन्धुपाल्चोकका जनबादी पत्रकार रेवती सापकोटा र स्व कृष्ण सेन संग सम्पर्कमा रहेर कुराकानी हुने गर्दथ्यो। म वहाहरुसगं को  सम्पर्कमा रहिरहेको थिए त्यसै सिलसिलामा पाटिलाइ आर्थिक सहयोग गर्ने भनी सन १९९८ मा  पत्रकार  रेवती सापकोटा मार्फत जनयुद्धको सहयोगको लागि रु ५०००० नेपाली माओबादी जिल्ला पार्टी  कार्यालय  सिन्धुपालचोक लाई   सहयोग गरेंको  थिए र सन २००४ सालमा फेरी रु ५०००० हालैका  सभामुख अग्नी सापकोटा का  भाई कृष्ण प्रसाद  सापकोटा लाई दिएको थिए सो रकम बुझेको रसिद समेत मैले अहिले सम्म पाएको छैन त्यसै क्रममा सरकारको तिब्र दमन पछि पाटिले अन्तर्राष्ट्रिय मानबअधिकारबादि हरुसंग हार गुहार माग्न थालिसकेको थियो र 
    त्यसै सिलसिलामा माओवादी पाटिका निकट कार्यकर्ता कृष्ण बहादुर महराका सचीवका रुपमा काम गरेका बिस्वासिला पात्र मनोज जंग थापासग सन २००४  सालमा माओबादी केन्द्रिय पार्टी कार्यलय काठमाडौं भएको थियो त्यसपछी सन २००५ सलमा  पार्टी  लाई  शान्ती सम्झौतामा लाने भन्दै अन्तर्राष्ट्रिय पहल गर्न छ महिना म सगै मनोज जंग थापा चिनको  गोन्झाऔ  मा बसे , जुन उनी बसुन्जेलको खर्च सबै पार्टिका  लागि नै भनेर २५००००० लाख नेपाली  मैले पार्टिका  लागि खर्च गरेको थिए र सो रकम माओबादी पार्टिले   अहिले सम्म मलाई फिर्ता गरेको छैन त्यसै सिलसिलामा पार्टिले   तत्कालीन श्री ५ सरकारसंग बार्ता गर्न त्यार भएपछी म अन्तर्राष्ट्रिय मानबअधिकारबादि हरुसग समन्ध सुधार गर्न लागिपरें र जुन मानबअधिकारबादिहरुसंग भेट गर्ने र पहल  गर्न हामी मनोज जङ्ग थापा र म सगै भएर पहल गरियो ।

    चितवनको बांदरमुढे र सप्तरीको विध्वंस घटनापछि नेकपा ( माओवादी ) आत्ति रहेको  थियो र मानबअधिकारको खोजिमा दौडिरहेको थियो।त्यो समय मनोज जङ्ग थापा र मेरो पहलमा नेकपा ( माओवादी ) ले जनयुद्धको समन्धमा बार्ता गर्न तयार रहेको जानकारी यसियन मानबअधिकार मार्फत जेनेभामा लिखित जानकारी  गराएपछि तत्कालीन श्री ५ को सरकार र माओवादी बिच १२ बुंदे शान्ती सम्झौताको  समझदारि  भयो। त्यसै समयमा म माओवादि निकट कार्यकर्ता साथै( मानबअधिकार समन्धी सहजकर्ता ) भएको कारण श्री ५ को  सरकारसंग समन्धित माफियाहरु बाट अनुसन्धानकालागी हङकङ प्रहरी बाट मलाई पक्राउ गरि नेपालको माओवादी जनयुद्ध समन्धी जानकारी लिने कोसिस पनि गरियो। यसियन मानबअधिकार को कार्यलय  हङकङ बाट सम्झौताको  समझदारि गर्ने पहल भए पछि माओवादी नेताहरु हङकङमा आउने क्रम जारी रहयो र  पछी माओवादी नेताहरु तिनै माफियाहरु सँग मिलेर अबैधानिक करोबर गरे  बापत माओवादी पार्टी  शक्तिमा आएका कारण मिलेर कमिसन खान थाले र अहिले सम्म कमिसन खाई रहेका छन । यसरी हङ्कङ विश्वको खुल्ला बजार भएको ले अबैध कारोबार र तस्कर गर्ने नेपाल सरकारका उच्च कर्मचारी र मन्त्री तिनिहरुका सहयोगि माफियाहरुले  देशमा गरेको भ्रश्टचार  र अन्य विश्वका आई एन जि यो संघ सस्थाहरु बाट लिएको कमिसन बापतको रकम अबैध रुपमा हुन्डिको करोबार गर्ने हुन्डि  ब्यापारीहरु  बाट लिएर विश्वका बिभिन्न बैंकमा जम्मा गर्ने गर्दछन त्यो सम्बन्धीको जानकारी नेपाली महाबाणिज्य दूतावासका  कर्मचारी तथा महाबाणिज्य दुतहरु तथा नेता  लाई थाहा भए पनि उनीहरु नै हुन्डि  ब्यापारीहरु र तस्करहरु सँग कमिसन लिएर मधस्त्यताको भूमिका निर्बहा गर्ने गर्दछन जस्ले गर्दा राज्यले प्राप्त गर्ने रेमिट्यान्सको कर सरकारी उच्च ओहोदामा बस्ने मन्त्री कर्मचारी र माफियाहरु मोटाएका छन भने सरकारी ढुकुटिमा सङकलन हुने अरबौं राजस्व प्रत्येक दिन हिनामिना भएको छ। हजारौ शाहीद शाहीदहरुको बलिदान बाट देशमा गणतन्त्र र लोकतान्त्रिक ब्यबस्था स्थापना भए पनि धनका लोभि पार्टिका नेताहरु र हङ्कङका तत्कालीन शाही नेपाली महाबाणिज्य दुत हेमलाइ भट्टराई बाट हुन्डिवाल र  तस्करहरु सँग मिलेर देशको राजस्व अहिले सम्म दहन भै रहेको अवस्था छ ।  शान्ति सम्झौता भए पछी माओवादी पार्टि लाई  चन्दा तथा कमिसन दिनुपर्ने नाममा हङ्कङमा हुन्डि  तस्करहरु सँग  मुख्य भूमिका खेल्ने हाल प्रदेश १ को योजना आयोगका सदस्य जो माओबादी नेतादय कृष्ण  बहादुर महरा सि पि गजुरेल राम बाहादुर् थापा बादल बिस्वासिला पात्र  पूर्ण लोकसम लिम्बु मार्फत रकमहरु उठाएर तत्कालीन हङकङ महाबाणिज्य दुत  हेमलाइ भट्टराई को मिलेमतोमा नेपाली ५० करोड बराबरको कमिसन पाटिको नाममा चन्दा लिएको भनी  नेकपा माओबादिका तत्कालिन केन्द्रिय सदस्यहरु : कृष्ण बहादुर महरा , सि पि गजुरेल , राम बाहादुर्  थापा बादलका बिस्वासिला  पात्र मनोज जङ्ग थापाले संयुक्त रुपमा रकम कुम्ल्याएको खुल्न आएको थियो र सो रकम अहिले उनिहरुको बैँक खाता वा कहाँ छ नेपाल सरकारले पत्ता लगाई उनीहरु माथि तुरुन्त  कारबाही गर्नु पर्दछ  ।   यसरी हङ्कङमा तस्करहरुको मुख्य भुमिका निर्बाहा गर्नेहरुको नाम लिस्ट मैले सुरछित राखेको छु सरकारले म सँग लिन चाहेका बखत जुनसौकै बेलापनी प्रस्तुत गर्न सक्ने छु ।  यसरी मैले गैरकानुनी रूपमा गरिने हुण्डि कारोबार गर्ने कमिसनखोर र तस्करहरु कै बिरोध गरेका कारण सन २००६ मा काठमाडौबाट मलाई तत्कालिन  हङ्कङ नेपाली महाबाणिज्य दुत हेमलाइ भट्टराई तस्कर र माफियाहरु को मिलोमतोमा  अपहरण समेत गरियो र त्यस समयमा छ लाख अपहरणकारीहरुलाइ फिरौती बुझाएर बाँकी ४४ लाख मेरो नेपालको आफ्नै नामको, जग्गा बेची फिरौरी दिने सर्तमा हङ्कङ महाबाणिज्य दुत हेम लाल भट्टराई सँग कुरा गराई कुनै पनि सरकारी निकायमा उजुर नगर्ने सर्तमा म अपहरण बाट मुक्त भएको थिए ।तसर्थ नेपाल सरकार  सचेत भएर बिदेश देखि नेपाल सम्म सागाठानिक रुप्मा मौलाएको  तस्कर र माफियाहरुको  जालो लाई कानुनिरुपमा कार्बाही गर्न पहल गर्नु सरकारको दाईत्व हो र सम्बन्धी सबै पक्षले  बेलैमा मेरो जानकारी पत्र लाई गहिरो अध्यान गर्दै देश र नेपाली जनताको सम्पत्ति चुहावट लाई रोक्न शहयोग गरिदिनु हुन समेत आग्रह गर्दछु  ।  

    म निबेक दसकौ दशक देखि बिदेशमा बसि यस्ता खाले बिदेश र स्वदेशमा अबैध रुपमा हुने हुण्डि लगाएतका आर्थिक कारोबार र कारोबारिका अबैध हर्कतहरु नियाली रहेको थिए र छु । देख्दा सुन्दा सामान्य लागेपनी यी अबैध आर्थिक कारोबारहरु डरलाग्दो माफियाहरु को जलो घेरेको छ। बिदेश बाट नेपालमा हुण्डि मार्फत पैसा पठाउने मात्र होइन नेपालबाट पनि मोटो रकम अबैध स्रोत बाट बिदेश जाने यही हुन्डिको माध्याम बाट नै हो ।  मुख्यत एन आर एन राजनैतीक  दल सँग सम्बन्धित केही अबैध आर्थिक कारोबार गर्ने हरुले नेपाललाई अबैध दोहोरो हुन्डि कारोबार गर्ने टान्जिट पोइन्ट नै बनाएका छन।जस्तै एउटा प्रसङ्ग नेपालका मन्त्री नेता,ठुला ब्यबसायी या घरानियाहरु बिदेशमा उपचार गर्न जाने प्रचलन ब्याप्त छ उपचारको नाउमा अरबौं रकम नेपालबाट बाहिरिने गरेको तथ्य छ? त्यो रकम  कसरी बाहिरिएको छ के बैधानिक स्रोत बाट गएको छ त त्यो रकम जने आधार र बैंकिङ प्रणलीको  कनुनी प्रकिर्या के छत त्यो सर्बसाधारण जनताले बुझ्न र जान्न पाउने संबैधानिक सुचना र हक अन्तर्गतको  मौलिक हक हो  त्यसैले सर्बसाधारण  ले  जान्न पाउनेगरी सूचना  सार्वजनिक गर्नु पर्यो ? अर्को बिदेसमा उच्च शिक्षा हासिल गर्न जाने बिद्यार्थीहरुलाई आधार बनाएर अन्य निकै ठुला ठुला अबैध दोहोरो हुन्डि  कारोबारहरु  हुने गरेका छन। यी सबै  खाले उदाहरणहरु सामान्य उदाहरणहरु मात्र हुन।देशलाइ कङगाल बनाउन यहाँ यी भन्दा भयानक खालका हर्कतहरु हुने गरेका छन । म निबेदकको भनाइ यतिमात्र हो कि हामिले गलत कुराहरु औंल्याइदिने मात्र हो बाकी समाधान र निर्क्यौल सरकार र समन्धित सरोकारवालाहरुको हातमा रहेको छ। हरेक घटना र परिघटनाहरु बिना आधार घटदैनन ! आखिर के छ त यी अबैध धन्दालाई टिकाउने आधार । बिदेशमा बसेर अबैध आर्थिक कारोबार गर्नेहरुको सांठगाठ अन्तराष्ट्रिय  आतंककारी सङगठनका नाइकेहरुसग रहेको तथ्य पनि बेलाबखत बाहिरिने गरेका छन। यसरी माफिया दलाल र तस्करहरुले नेपाल सरकार र तिनका अङ्गहरुलाइ अबैध रकम र आर्थिक  प्रलोभनमा पारेर कतै अन्तरास्ट्रिय आतंककारी सङगठनलाई टेवा त पुर्याइरहेको त छैन भन्ने गम्भीर आसाङ्खा पैदा भएको अवस्था छ । समन्धित सरोकारवालाहरुले बेलैमा समाधानको बाटो नखोजे देश कङगाल मात्र होइन अन्तराष्ट्रिय आतंककारी सङगठन को अबैध आर्थिक कृडास्थल बन्ने खतरा पक्का नै देखिन्छ  छ।
    अन्तमा मेले यो उजुर गरे  बापत हङ्कङ र नेपालमा रहेका म लगायत मेरो सम्पूर्ण परिवारको ज्यान र सम्पत्तिको जिम्मा बिदेश तथा स्वदेशमा अबैध रुपमा हुण्डि लगाएतका बिभिन्न खाले आर्थिक कारोबार गर्ने माफियाहरुले लिनु पर्ने र सरकारले समेत मेरो ज्यानको सुरक्षाको लागि निगारानी राख्नु पर्ने अनुरोध गर्दछु  ।  
    बोधार्थ :- श्री राष्ट्रियसभा सचिबालयको कार्यालय ।- श्री प्रतिनिधिसभा राज्य ब्याबस्था  तथा सुसासन समिती ।  - श्री नेपाल सरकार अर्थ मन्त्रालय ।- श्री नेपाल सरकार परराष्ट्र मन्त्रालय ।- श्री नेपाल प्रहरी महानिरीक्षकको कार्यालय ।- श्री राष्ट्रिय अपराध तथा अनुसन्धान बिभाग( सि आइ बि) ।- श्री राजस्व अनुसन्धान बिभाग ।- श्री नेपाल राष्ट्रिय  बैँक  ।- श्री एन आर एन को केन्द्रिय कार्यालय  ।- श्री आन्तरिक राजस्व बिभाग ।- श्री बिदेश स्थित नेपाली महाबाणिज्य दूतावासको कार्यालयहरु ।- श्री नेपाल कम्युनिस्ट पाटी ( नेकपा ) केन्द्रिय कार्यालय ।- श्री नेपाली काङ्ग्रेस केन्द्रिय कार्यालय - श्री नेपाल समाजबादी पाटी नेपाल केन्द्रिय कार्यालय- श्री नेपाल कम्युनिस्ट पाटी बिप्लब केन्द्रीय जन अदालत  ।- श्री माहालेखा पारीछ्यकको कार्यालय ।  - श्री सत्य निरुपन तथा मेल मिलाप आयोग ।  -श्री अख्तियार अनुसन्धान आयोग ।  

    निबेदक चेतनाथ चौलागाईं मेलम्ची , सिन्धुपाल्चोक हाल - हङकङ ।सम्पर्ग न. भाईबर वाटसअप  +८५२५५४६२८१५ ईमेल :- cnchk8@gmail.com

     

    त्यस्तै तत्कालिन माओबादिका केहि व्यक्तिहरुले जग्गा खरिद गर्न राखेको करिब ३० लाख लगेको र फिर्ता पाउ भन्दै हालिएको निबेदन

    श्री सम्माननिय प्रधानमन्त्री ज्यु,

    प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय

    सिंहदरबार ,काठमाडौ नेपाल ।

    ( नेपाल प्रहरी अपराध अनुसन्धान शाखामा चढाएको निवेदन पत्र )बिषय : बिभिद अपराध बारे ।

    म निवेदन चेतनाथ चौलागाईं मेलम्ची नगरपालिका वाडा नं १ सिन्धुपाल्चोक घर भैइ हालसम्म हङकङमा रोजगारीको शिलशिलामा बस्दै आएको छु। रोजगारी गर्दै गर्दा बिदेशमादुखले कमाएको नेपाली रु ३०००००० ( तीस लाख ) लिएर म सन २००८ जनवरी ( माघ ) महिनामा नेपाल गएर घडेरी किन्ने सिलसिलामा मेरो आफ्नै मामाको छोरा मेलम्चीनगरपालिका १ मै बसोबास गर्ने राम कुमार दुलालसंग भक्तपुर होटलमा बसेका थियौ ।जग्गाकिन्ने सिलसिलामा म विभिन्न ब्याक्तीहरुसंग राम कुमार दुलाल लगाएत सग मेरो कुराकानीभएको थियो।त्यहि बखत सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वाडा नं १ बस्ने कृष्ण प्रसादचौलागाईंसग पनि कुरा हुदा जग्गा म देखाउछु भनी कृष्ण प्रसाद म बसेको भक्तपुर होटलमानै आएर एक रात हामी तिनै जना सगै बस्यौं। म सगैं तीस लाख रकम भएको सुइको कृष्णप्रसादले थाहा पाएपछी जग्गा देखाउन भनी कृष्ण प्रसाद चौलागाईंले जोरपाटीमा खाना खाउँ,त्यसपछि जोरपाटी नजिकै जग्गा छ हेरौंला भनी हामी बिहानको खाना खान जोरपाटी खानाखाने होटलमा गयौं। त्यहाँ हामि खान खादै गर्दा अन्य चार जना केटाहरु आएर कृष्ण प्रसादचौलागाईं सँग गफ गर्न थाले, उनिसँग ती केटाहरूको चिनजान रहेछ हामीले खानाखाइसकेपछी एक्कासि मलाई पकडी आँखामा पट्टि बाधी एकान्त ठाउमा लागि मेरो कालोझोलामा रहेको तीस लाख रकम काठमाडौ बाटै अपहरण गरि लुटि लगियो।

    मैले काठमाडौमा घडेरी किन्न थप रकमको लागि मेरो आफ्नै दिदिको नाता पर्ने सुदर्शनखतिवडालाई सन २००७ मा नेपाली महाबाणिज्य दूतावासका महाबाणिज्य दुत हेमलालभट्टराईको इजालासबाट मेरो नाममा दर्ता रहेको साबिक सिन्धुपाल्चोक जिल्ला भोटेचौर गाबि स को जग्गा बिक्री गर्न भनी सुदर्शन खतिवडालाई अधिकृत वारेसनामा गरिदिएको थियें।

    मेरो ब्यक्तिगत रूपमा नेपाली महाबाणिज्य दुत हेमलाल भट्टराईसंग मनमुटाव भएकालेहेमलाल भट्टराईले मलाई रिसिइबी साध्ने नियत रहेको रहेछ र म सगं सन २००८ माहङकङबाट नेपाल जाने जानकारी समेत हेमलाल भट्टराईले थाहा पाएका र मैले अधिकृतवारेसनामा गरिदिएका सुदर्शन खतिवडा संग हेमलाल भट्टराईको सम्पर्क भैइरहने गरेकोरहेछ। माओवादी जनयुद्धकालमा म हङकङ माओवादी कमिटीको अध्यक्ष भएको र नेपालीमहाबाणिज्य दूतावासमा हुने विभिन्न खाले गतिविधिको निगरानी म बाट हुने र जनतालाईसहुलियत रुपमा काम गर्न दिनुपर्ने लगाएतका विभिन्न मागहरु राजदुत हेमलाल भट्टराई सँगमैले राखेकोले उनलाइ मेरो मागहरु प्रती चित्त बुझेको थिएन र हेमलाल बाट मलाई फसाउनेनियत भैरहेको रहेछ र म सन २००८ मा नेपाल गएको मौका पारी मलाई अपहरण गरि मेरोभएको नगद रकम समेत महाबाणिज्य दुत हेमलाल भट्टराई , सुदर्शन खतिवडा ,कृष्ण प्रसादचौलागाईं लगाएतको मिलेमतोमा लुटियो र गुण्डाहरुको सहयोग बाट मलाई अपहरण गरिमैले अधिकृतनामा गरिदिएको जग्गा बिक्री गरि आएको नगद रकम समेत अपहरणकोफिरौती बापत तिर्नुपर्ने सर्तमा मलाई अपहरण बाट मुक्त गरि छाडिदिए। म काठमाडौ मा नैबसे ज्यान समेत लिने धम्कीका साथ मलाई कपाल गराइ अपहरणबाट मुक्त गरिदिएपछी मकाठमाडौ छोडी तुरुन्तै ज्यान जोगाउन हङकङ फर्कियेँ।

     

    यसरी मैले अधिकृत वारेसनामा गरिदिएको जग्गा हेमलाल भट्टराई , सुदर्शन खतिवडा र कृष्णप्रसाद चौलागाईंको मिलेमतोमा बेचबिखन गरि गुण्डाहरुलाइ फिरौती दिएको भनी असुल गरेर अहिले मलाई मेरो सम्पूर्ण सम्पती अपहरण गरि बेचबिखन गरि खाएका छन , त्योअपराधलाई गहिरो गरि अध्ययन गरि मेरो लुटिएको तीस लाख र कुन कुन समयमा जग्गाबिक्री गरि कति रकम लगेको र खाएका रहेछन माथी उल्लेखित ब्यक्तिहरुलाइ पक्राउ गरिअसुल उपर गाराई पाउँ र अपराधीहरुलाइ हदै सम्मको सजाये होस भनी माग दाबी गर्दछु।

    क्रमश त्यति मात्रले नपुगेर मेरो साथमा हङकङमा बस्दै आउनुभएकी मेरि बृद्दा आमा पबित्राचौलागाईंको बृद्द्भत्ता मेरो बहिनी लिलामाया खतिवडाले आमाको स्वीकृतिमा बुझ्दैआउनुभएकोमा कृष्ण प्रसाद चौलागाईं मेलम्ची नगरपालिका वाडा नं १ को अध्यक्ष निर्बाचितभएपछी बैनी लिलामाया ले बुझ्दै आएको बृद्द्भत्ता आमाको स्वीकृति र इच्छा बिपरित मेलम्चीएक बस्दै आएको मेरो सहोदर दाइ लोक प्रसाद चौलागाईंलाई कृष्ण प्रसाद चौलागाईंलेउचालेर आमाको बृद्द्भत्ता किन बहिनिले उठाइ खाने भन्दै तिमिले खाने अधिकार छ भनीविभिन्न किसिमका कुरा बनाइ वडा सचिब कृष्ण प्रसाद चौलागाईं र मेरो दाजु लोक प्रसादचौलागाईंले आमालाइ कुनैपनी जानकारी नदिई झुटा कागचका भरमा बृद्द्भत्ता लिएर कस्लेबुझ्दै आएका छन ? सो उपर पनि कानुनी कार्बाही होस र सत्य तथ्य पत्ता लगाई कानुनबमोजिम बृद्द आमाको बृद्दभत्ता ठगी गर्ने उपर हदैसम्मको कार्बाही होस भनी अनुरोध गर्दछु।
    यसरी बृद्दभत्ता उठाएर खाए बापत बिरोध गर्दा बृद्द आमा पबित्रा चौलागाईं लगाएत मलाइसमेत नेपाल आए मार्ने धम्की समेत कृष्ण प्रसाद चौलागाईं , मेरो सहोदर दाजु लोक प्रसादचौलागाईं र उनका परिवार बाट आएको नेपाल आएका बखत हाम्रो ज्यानको समेत सुरक्षागरिपाउँ भनी अनुरोध गर्दछु।
    निबेदक
    चेतनाथ चौलागाईं
    मेलम्ची नगरपालिका १ सिन्धुपाल्चोक
    हाल - हङकङ ।
    बोदार्थ :
    - श्री अपराध अनुसन्धान बिभाग ( सि आइ बि ) ।

    - श्री ईलाका प्रहरी कार्यालय , बौद्ध जोरपाटी काठमाडौ ।

    - श्री ईलाका प्रहरी कार्यालय मेलम्ची , सिन्धुपाल्चोक ।

    - श्री जिल्ला प्रसासन कार्यालय सिन्धुपाल्चोक , चौतारा ।

    - श्री जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोक , चौतारा ।
    - श्री जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक , चौतारा ।

    - श्री मेलम्ची नगरपालिकाको कार्यालय
    सिन्धुपाल्चोक

    87367161_2588306761401095_2587799666506596352_n.jpg

    images
    images
    • आइतवार, आषाढ २१ २०७७०८:२५:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij