असार २१ ,देवदह।देवदह नगरप्रमुख हिरा बहादुर खत्रीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनअदालत रुपन्देहीले १० दिनभित्र देवदह नगरपालिका वडा नम्बर १०, भलुहीमा रहेको घर खाली गर्न निर्देशन दिएको ।
तत्कालिन जनयुद्दको समयमा देवदह नगरपालिका ३ मा रहेको करिब साढे ९ बिगाहा जग्गा भुमिहिन सुकुम्बासीलाई वितरण गरिएको र हाल आएर नगरपालिकाले हडपेको भन्दै जान अदालतमा परेको मुद्दामा नगरप्रमुख दोषी देखिएकोले जनकारबाही गर्न लागिएको जनअदालत रुपन्देहीका प्रमुख कमलमणिद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।
देवदह नगरपालिकाले उक्त जग्गामा उद्योगग्राम संचालन गर्ने योजना बनाएको छ। केहि दिन अगाडी उक्त जग्गा खालि गराएको थियो। देवदह नगरपालिकाले सार्बजनिक गरेको नीति तथा कार्यक्रना समेत उद्योग ग्राम संचालन गर्ने उल्लेख गरिएको छ।
देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले सर्बदलिय सर्ब पक्षिय र अधिकांश स्थानीयको सहमतिमा उक्त सार्बजनिक जागामा उद्योग संचालान गरिने सहमति भएको बताउनु भएको छ। उद्योग संचालन गर्ने क्रममा कसैको पनि बस्ति नजाने र उद्योग संचालन गर्न चाहनेलाई संचालन गर्न दिने तथा बेरोजगारको समस्या हल गर्ने गरि सहमति भएको उहाले बताउनु भएको छ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij