असार २३,देवदह । देवदह नगरपालिकाले कृषि ,शिक्षा ,स्वास्थ्य, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेको छ। गत असार १० गते नगरप्रमुख हिरा बहादुर खत्रीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई आधार मानि असार २३ गते उपप्रमुख बिद्या लक्ष्मी गुरुङले वार्षिक बजेट प्रस्तुत गरेकी हुन् । आ.व. २०७७/७८ का लागि उपप्रमुख बिद्या लक्ष्मी गुरुङले १ अर्ब ६३ लाख ७८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरिन् ।
जस मध्य सामाजिक विकास तर्फ ४२ करोड १९ लाख ,आर्थिक विकास तर्फ ४ करोड ६२ लाख ३५ हजार, , पुर्वाधार विकास तर्फ ७ करोड १० लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ १ करोड २७ लाख, संस्थागत विकास तथा सेवा प्रवाह तर्फ १४ करोड ९१ लाख विनियोजन गरिएको हो। बजेट संगै गरपालिकाको आर्थिक बिधेयक र देवदह नगरपालिकाका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्वन्धी व्य बिधेयक समेत सर्बसम्मतले पारित गरेको छ।
त्यस्तै कृषिलाई प्राथमिकता र कृषक लाइ प्रोत्साहन गरिने नगर प्रबक्ता झिल्लु प्रसाद न्यौपानेले जानकारी दिनुभएको छ। शिक्षा क्षेत्रलाइ बिशेष प्राथमिकता दिदै केरवानी स्कुल युगज्योति ,जनता स्कुल र महामायालाई एक–एक वटा स्कुल बस प्रदान गर्ने र अन्य विद्यालयलाई ३–३ लाखका दरले वजेट उपलब्ध गराउने जानकारी दिएको छ। त्यस्तै निर्माण भैसकेको प्राबिधिक क्याम्पस भवन संचालनको लागि देवदह नगरपालिकाले प्रदेश सरकारलाई ध्यान आकर्षण गराएको प्रबक्ता न्यौपानेले बताउनु भएको छ।प्रादेशिक स्वास्थ्य तालिम केन्द्र ,बायो इञ्जिनियरिङ्ग कलेज संचालन गर्ने सम्बन्धि योजना पेश गरिएको जानकारी दिनुभएको छ। प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थीको संचालनमा नगर सभा सम्पन्न भएको थियो ।
कृषि तथा पशु सेवा तर्फ
नगरपालिका क्षेत्र भित्र उत्पादन गर्न सकिने कृषि जन्य ,तरकारी जन्य ,फलफुल ,मासु जन्य ,तथा दुध जन्य बस्तुहरुमा नगरलाई आत्मनिर्भर बनाई निर्यात मुखी नीति अवलम्बन गरिने गरि प्राथमिकतामा राखिएको छ।
संस्कृति र पर्यटन
देवदह नगरपालिकाको आर्थिक समृद्दीको लागि कृषि पशुपलान संगै पर्यटनलाई पनि मुख्य प्राथमिकतामा राखिएको छ।नीति तथा कार्यक्रममा एसियाकै ठुलो पाकड़ी बृक्षको सरक्षण ,देवदह क्षेत्रमा निर्माण भैसकेका र निर्माणको चरणमा रहेका पार्क तथा पुरातात्विक सम्पदाहरुको सरक्षण तथा व्यवस्थापन तथा पर्यटकीय पूर्वाधार बिकासका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने नीति अवलम्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। साथै निर्माणको अन्तिम चरणमा रहेको कोशेली घर आगामी बर्ष संचालनमा ल्याउने उल्लेख छ ।
नीति तथा कार्यक्रममा कृषि ,शिक्षा ,स्वास्थ्य, रोजगार र पर्यटन संगै उद्योग बाणिज्य ,सहकारी ,बित्तिय क्षेत्र ,खानेपानी तथा सरसफाई ,सस्कृति पर्बर्दन ,युवा खेलकुद तथा मनोरंजन ,लैंगिक समानता तथा सामाजिक समाबेशीकरण ,बालमैत्री स्थानीय शासन ,पूर्वाधार विकास,सिचाई ,वाताबरण तथा विपद व्यवस्थापन ,फोहोर मैला तथा ढल व्यवास्थापन ,सस्थागत विकास तथा सेवा प्रबाह ,कानुन र न्याय ,अन्तरास्ट्रिय सहयोग,सहकार्य र सम्बन्ध बिस्तारलाई समेटेर कार्ययोजना सार्बजनिक गरि पारित गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij