असार २४,देवदह । देवदह नगरपालिका नगरप्रमुख हिरा बहादुर खत्रीलाई विप्लप नेतृत्वको नेकपा जनसरकारले घर छोड्न दिएको धम्कि प्रति देवदहका राजनीतिक दलहरुले गम्भीर ध्यानाआकर्षण भएको बताएका छन्।
देवदहमा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले प्रेस बक्तब्य जारि गर्दै देवदह ३ मा रहेको ९ विगाहा १० कठ्ठा जग्गामा उद्योग स्थापन गरि संचालन गर्ने निर्णय भएको र विप्लप नेतृत्वको नेकपा जनसरकारले भूमिहीनको उठिबास गराउन खोजेको भन्दै सूचना टास गरेको प्रति गम्भ्गिर ध्यानाआकर्षण भएको बताएका हुन।
राजनीतिक दल ,स्थानीयको सहमतिमा नै उद्योग ग्राम संचालन गर्ने योजना बनाइएको र यदि कोहि भूमिहीन भएको पाइए व्यवस्थापन गर्ने निर्णय भएकोले डर धम्कीले मानिसले स्वतन्त्र ढंगले बाच्न पाउने अधिकारको हनन गर्नु कानुन सम्बत नभएको र अराजनीतिक क्रियाकलाप कसैले पनि गर्न नहुने राजनीतिक दलका नेताहरुले बताएका छन।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij