असार २४,बुटवल। साउन सात गते सम्म लक डाउन जारि छ र संक्रमणको जोखिम अझै हटिसकेको छैन। तर ठुला शहरहरु प्राय खुल्ला हुन् थालेका छन,जसको कारण सर्बसाधारणको भिडभाड बढ्न थालेको छ।
जोखिम कायमनै रहेको भन्दै भिडभाड नगर्न र अतिआवश्यक बाहेक घर बाट बाहिर ननिस्कन तथा पसलमा भिड नगर्न आग्रह गरिएको छ। तर सरकारको यो नियमलाई सर्बसाधारणले टेरेका छैयसै बीच रुपन्देही जिल्ल्लामा जोखिम बढेको भन्दै साझ ५ बजे सम मात्र पसल म्खोला पाउने नियम जारि गरिएको छ। त्यस्तै होटेलहरुमा भिड बढेको भन्दै प्याकिंग मात्र बेच्न होटललाई आदेश दीएको छ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार रुपन्देही जिल्लामा साझ ६ बजे सम मात्र पसल खोल्न र भिडभाड नगर्न आग्रह गर्नु भएको छ।
देवदह नगरपालिकामा पनि भिडभाड बढेको भन्दै लक डाउनमा थप कडाइ गरिएको छ। पहिले खुल्ला गरिएकॊ पसलहरु अहिले
५ बजे सम्म मात्र खोल्न पाउने सूचना जारी गरिएको प्रहरी इन्चार्ज दिपक महत क्षेत्रिले जानकारी दिनुभएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij