असार २६ ,बुटवल।देवदह नगरपालिका क्षेत्रमा भएको नदिजन्य पदार्थको निकासीको छानबिन भैरहेको देवदह प्रहरी चौकीका इन्चार्ज दिपक महत क्षेत्रिले जानकरी दिनुभएको छ।
नदि जन्य पदार्थको अबैध रुपमा दोहन भएको गुनासो आएपछी प्रहरीले चार दिन अघि ४ वटा ट्रेक्टर नियन्त्रणमा लिएको थियो।देवदह प्रहरी चौकीले नगरपालिका र जिल्लालाई पत्र काटेर जानकारी गराएको र यस बिषयमा छानबिन भैरहेको प्रहरीले जानकारी दिएको हो । यस अघि पनि पटक पटक नदिजन्य पदार्थ अबैध रुपमा दोहन भएको भन्दै बिरोध हुने गरेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij