सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

चौथो मेयर कप फुटवल : वडा नम्बर ६ लाई 'ट्राइबेकर' मा हराउँदै वडा नम्बर ३ विजयी

चौथो मेयर कप फुटवल : वडा नम्बर ६ लाई 'ट्राइबेकर' मा हराउँदै वडा नम्बर ३ विजयी

images
  • 874
    SHARES

  • images
    images
    images
    चौथो मेयर कप फुटवल : वडा नम्बर ६ लाई 'ट्राइबेकर' मा हराउँदै वडा नम्बर ३ विजयी
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा जारी दोस्रो मेयर कप अन्तर वडा स्तरिय फुटवल प्रतियोगिताको दोस्रो खेलमा वडा नम्बर -३ विजयी भएको छ। वडा नम्बर -६ लाई ट्राइबेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर -३ विजयी भएको हो । 

    निर्धारित ६० मिनेट र थपिएको अतिरिक्त समयमा दुवै टिम बाट गोल हुन नसके पछि खेल 'ट्राइबेकर' मा पुगेको थियो । 'ट्राइबेकर' मा वडा नम्बर ३ भाग्यमानी सावित भयो । वडा नम्बर ६ का खेलाडीहरु पेनाल्टी सुट आउटमा चुक्दा नतिजा वडा नम्बर ३ को पोल्टामा परेको हो। 

    images
    images
    images

    आज १५ गतेदेखि देवदह १२ को प्रगति माध्यमिक विद्यालयको खेल मैदानमा सुरु भएको उद्घाटन खेलमा वडा नम्बर २ लाई वडा नम्बर ७ ले २-० को गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। प्रतियोगीतामा प्रथम हुने टिमले नगद ५१ हजार शिल्ड मेडल र प्रमाणपत्र एवं द्वितीय हुने टिमले नगद ३१ हजार शिल्ड मेडल र प्रमाण पत्र गर्ने नगर खेलकुद विकास समितिले जानकारी दिएको छ। 

    प्रतियोगिता अन्तर्गत जेठ १६ गते दुई वटा खेल हुनेछन् । पहिलो खेल दिउँसो ३ बजे वडा नम्बर -४ र वडा नम्बर -११ बिच हुनेछ।त्यस्तै दोस्रो खेल वडा नम्बर वडा नम्बर -९ र वडा नम्बर -१ बिच हुने नगर खेलकुद विकास समितिले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij