सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

चौथो मेयर कप फुटवल : वडा नम्बर ९ र ११ दोस्रो चरणमा प्रवेश 

चौथो मेयर कप फुटवल : वडा नम्बर ९ र ११ दोस्रो चरणमा प्रवेश 

images
  • 618
    SHARES

  • images
    images
    images
    चौथो मेयर कप फुटवल : वडा नम्बर ९ र ११ दोस्रो चरणमा प्रवेश 
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा जारी चौथो मेयर कप अन्तर वडा स्तरिय फुटवल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा वडा नम्बर ११ विजयी भएको छ। वडा नम्बर ४ लाई २-० को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ११ दोस्रो चरणमा प्रवेश गरेको हो। वडा नम्बर ११ को तर्फबाट जर्सी नम्बर १६ का अर्जुन गुरुङले खेलको पहिलो हापमा १ गोल र दोस्रो हाफमा थप १ गोल गरि दोस्रो चरणको यात्रा सुनिस्चित गरेको हो। 

    त्यस्तै आजै भएको दोस्रो दिनको दोस्रो खेलमा वडा नम्बर १ लाई ट्राइबेकरमा ४-३ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९  दोस्रो चरणमा प्रवेश गरेको छ। निर्धारित समय र अतिरिक्त समयमा दुवै टिमले १--१ गोल गरेपछी नतिजा ट्राइबेकर बाट निकालिएको हो। 

    images
    images
    images

    यस अघि वडा नम्बर ७ र ३ दोस्रो चारमा प्रवेश गरिसकेका छन्। वडा नम्बर ७ ले वडा वडा २ र वडा ३ ले वडा ६  लाई पराजित गरि दोस्रो चरणमा प्रवेश गरेका हुन्। 

    प्रतियोगिताको शनिबार हुने पहिलो खेलमा वडा नम्बर ७ र तेस्रो संस्करणको विजेता वडा नम्बर १२ र दोस्रो खेल वडा नम्बर ३ र वडा ८ बीच प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समितिले जनाएको छ। खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ।  प्रतियोगीतामा प्रथम हुने टिमले नगद ५१ हजार शिल्ड मेडल र प्रमाणपत्र एवं द्वितीय हुने टिमले नगद ३१ हजार शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिले जनाएको छ। 

     

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij