असार २८,बुटवल। लुम्बिनी मेट्रो सिटि प्रालिले लक डाउन पछि पहिलो पटक सार्बजनिक यातायात संचालनमा ल्याएको छ। बेलहिया वाट भैरहवा बुटवल हुदै बर्दघाट सम्म सबै किसिमको मापदण्ड पुरा गरि लुम्बिनी मेट्रो सिटि प्रालिका ८वटा सुबिधा सम्पन्न AC बस आज वाट संचालनमा आएको हो।
आज करिब ३०० सर्बसाधारणले सेवा लिएको र अधिकांश यात्रुले सकारात्मक प्रतिक्रिया दिएको लुम्बिनी मेट्रो सिटि प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले जानकारी दिनुभएको छ।

कोरोनाको जोखिम कायमै रहेकोले सुरक्षित तरिकाले यात्रुलाई सेवा प्रदान गर्न कोरोनाको जोखिम वाट बची सावधानी पुर्बक यातायात संचालन गर्न यात्रुहरुले सुझाब दिएको अधिकारीले जानकारी दिनुभयो।
सिदार्थ र पश्चिमान्चल यातायातले भने यातायात सुचारु गरेका छैनन।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij