सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लियो क्लब अफ देवदहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लियो क्लब अफ देवदहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    लियो क्लब अफ देवदहको पद हस्तान्तरण कार्यक्रम सम्पन्न
    images
    images
    images

    असार २९ ,देवदह।लियोहरु समाज रुपान्तरणमा लाग्नु पर्ने लायन्स क्लब अफ देवदहका चार्टर प्रेसिडेन्ट तथा लायन्स बर्ष २०२०÷२१ का सोसल मिडिया एण्ड टेक्नोलोजी डिष्टिÄक्ट डिपार्टमेन्ट चिफ लायन बिष्णु प्रसाद पौडेलले बताउनुभएको छ । लियो क्लब अफ देवदहको चौथो पद हस्तान्तरण कार्यक्रममा वहाँले उक्त कुरा बताउनु भएको हो ।

    लायन्स क्लब अफ देवदहको स्पोन्सरमा देवदह क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको लियो क्लब अफ देवदहले लायन्स बर्षको प्रारम्भमा नै विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरस बिरुद्ध विभिन्न सामाजिक सचेतना कार्यहरु गर्ने जनाएको छ । बर्ष २०१९÷२०२० का अध्यक्ष लियो लक्ष्मण खरेलले बर्ष २०२०÷२१ की अध्यक्ष स्रद्धा केसीलाई पद हस्तान्तरण गर्नु भएको हो ।

    images
    images
    images

    त्यसै गरी नव निर्वाचित समितिलाई लायन्स क्लब अफ देवदहका बर्ष २०२०÷२१का अध्यक्ष लायन राम बहादुर गुरुङ्गले सपथ खुवाउनु भएको थियो भने लायन्स क्लब अफ देवदहका बर्ष २०१८÷१९का अध्यक्ष लायन गुमान सिंह केसी , लियो क्बल अफ देवदहका चार्टर प्रेसिडेन्ट लियो नर बहादुर नेपाली लगायतले सफल कार्यकालको लागि शुभकामना प्रदान गर्नु भएको थियो ।

    सोही कार्यक्रममा बर्ष २०१९÷२०२० का सम्पूर्ण पदाधिकारीहरुलाई आफ्नो कार्यकालमा सम्पन्न गर्न सहयोग गरेको भन्दै अध्यक्ष लक्ष्मण खरेलले सम्मान गर्नु भएको थियो । कार्यक्रमको पहिलो सत्रको अध्यक्षता लक्ष्मण खरेलले र दोस्रो सत्रको कार्यक्रम स्रद्धा केसीको अध्यक्षता तथा सचिव प्रविण गौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    • सोमवार, आषाढ २९ २०७७०८:२३:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij