
असार ३० ,देवदह।रुपन्देहीको देवदह नगरपालिका स्थित शितलनगरमा सितल डेन्टल क्लिनिक संचालनमा आएको छ। मानिसको स्वास्थ्य जिवनको एउटा महत्वपुर्ण पाटो दन्त चिकित्सालय रहेको र सर्बसाधारणको दन्त सम्बन्धि स्वस्थलाई मध्यनजर राख्दै सितल डेन्टल क्लिनिक संचालनमा आएको क्लिनिकका संचालक किरण रजालीले जानकारी दिनुभएको छ।

आधुनिक तथा सुबिधा सम्पन्न यस क्लिनिकमा दाँत ,गिजा तथा मुख रोग सम्बन्धि परामर्श तथा उपचार गरिने ,किरा लागेका दाँत सफा गर्ने र दाँत जस्तै रंगको सिमेन्ट भने सेवा,किराले खाएर नशा सम्म छोएको दाँतलाई जरादेखिने सफा गरेर भर्ने सेवा र RCT गर्ने,जरादेखि उपचार गरेको दाँतमा क्याप क्राउन लगाउने सेवा,नदुखाई दाँत निकाल्ने बुदि बंगारा निकाल्ने सेवा,भाचिएको खीएको तथा रंग परिवर्तन भएका दाँतको उपचार गरि पहिलेको जस्तै बनाउने सेवा,दाँतको डिजिटल एक्स रे सेवा,दाँत तथा मुखको हड्डी भाचिएको उपचार तथा दाँत र मुख सम्बन्धि सम्पूर्ण सामान्य र जटिल शल्यक्रिया,झिक्न मिल्ने तथा झिक्न नपर्ने गरि कृतिम दाँत लगाउने र मुखमा कृतिम दाँत राख्ने ,भर्ति हुनेहरुको लागि चिन्दै नचिनिने गरि दात राख्ने लगायतको सेवा रहेकोक्लिनिकका संचालक किरण रजालीले जानकारी दिनुभएको छ।

साथै क्लिनिकमा दक्ष तथा अनुभवि दन्त चिकित्सकद्वारा सेवा प्रदान गरिने समेत संचालक रजालीले जानकारी दिनुभएको छ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij