सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

‘प्रधानमन्‍त्रीको स्वीस बैंकमा खाता छैन:प्रेस सल्लाहकार थापा

‘प्रधानमन्‍त्रीको स्वीस बैंकमा खाता छैन:प्रेस सल्लाहकार थापा

images
  • 512
    SHARES

  • images
    images
    images
    images
    images
    images

    प्रधानमन्‍त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्वीस बैंकमा खाता र रकम जम्मा रहेको समाचार गैरजिम्मेवारीपूर्ण र चरित्रहत्या गर्ने बदनियताका साथ प्रकाशित भएको बताएका छन्। उनले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचार जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गर्न उद्यत संचारमाध्यमहरूको रवैया भएको टिप्पणी गरेका छन्। 

    ग्लोबल वाच एनालाइसिसको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ। स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै थापाले लेखेका छन्, ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ।’

    images
    images
    images

    ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीको व्यक्तिगत सम्पत्ती विगत केही वर्षहरूमा धेरै गुणा बढेको उल्लेख गर्दै उनको स्वीस बैंकमा पैसा रहेको दाबी गरेको थियो। सोही सामग्रीलाई आधार मानेर समाचार प्रकाशित भएपछि प्रधानमन्‍त्रीका प्रेस सल्लाहकार थापाले खण्डन गरेका हुन्।

    उनले  सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहेको बेला बदनाम सुनियोजित षडयन्त्र गर्ने तत्वहरू सक्रिय रहेको दाबी गरेका छन्। उनले भनेका छन्,‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ।’

    थापाले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्नसमेत माग गरेका छन्।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    • बुधवार, आषाढ ३१ २०७७१०:३१:४१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij