सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेकपा विवाद कायमै:ओलीले आफु निकट नेताहरु संग छलफल गर्दै

नेकपा विवाद कायमै:ओलीले आफु निकट नेताहरु संग छलफल गर्दै

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    नेकपा विवाद कायमै:ओलीले आफु निकट नेताहरु संग छलफल गर्दै
    images
    images
    images

    ससौं १,काठमाडौ। प्रधानमन्त्री पदबाट राजीनामा गर्न र दुई मध्ये एक मात्र रोज्न प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल दबाब बढाएपछि ओलीले आफु निकटकासंग छलफल थाल्नु भएको छ ।

    बिहीबार दिउसो वालुवाटारमा भएको छलफल उक्त दबाबबीच निष्कर्षविहीन बनेर टुंगिएपछि आफू निकट नेताहरुलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाउनुभएको हो ।

    images
    images
    images

    छलफलमा उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायत स्थायी समिति सदस्य र सांसदहरू बालुवाटार छलफलमा सहभागी हुनु भएको छ ।

    भोलि शुक्रबार बस्ने स्थायी समिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रधानमन्त्री ओलीले नेताहरूसँग छलफल गरिरहनुभएको बताइएको छ । विहीबार (आज) दिउँसो भएको छलफलमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालसँग आफूले राजीनामा नदिने अडान दोहोर्याउनुभएको थियो ।

    अर्का अध्यक्ष दाहालले पार्टीको विवाद समाधान गर्न बरिष्ठ नेता नेपालसँग पनि सहमति गर्नुपर्ने बताउनुभएको थियो । तर, प्रधानमन्त्री ओलीले भने आफूहरू दुई जनाले पार्टी एकता गरेकाले नेपालसँग सहमति गर्त आवश्यक नभएको बताउनुभएको थियो ।

    दाहाल र नेपालले ओलीलाई पार्टी भनेको रुख र सरकार भनेको फल भएको स्मरण गराउँदै फल पनि नलागेको र रुख पनि मर्न लागेको समेत बताउनु भएको थियो ।जसको कारण आजको तीन नेताहरूको छलफल निष्कर्षविहीन टुंगिएको थियो ।

    images
    images
    • बिहिवार, श्रावण १ २०७७०७:४४:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij