सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

विदेशमा अलपत्र नेपालीहरुलाई सरकारी खर्च वाट उद्दार गरिने

विदेशमा अलपत्र नेपालीहरुलाई सरकारी खर्च वाट उद्दार गरिने

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    विदेशमा अलपत्र नेपालीहरुलाई सरकारी खर्च वाट उद्दार गरिने
    images
    images
    images

    साउन १,काठमाडौँ।बिदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारी खर्चमा उद्दार गरिने कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई सरकारी खर्चबाट उद्दार गरिने भएको छ ।

    श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कोरोना महामारीका कारण अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका नेपाली श्रमिकहरु सरकारी खर्चबाट स्वादेश फर्कन पाउने भएका हुन् ।
    मन्त्रिपरिषदबाट कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका–२०७७ पारित भएको छ । उक्त निर्देशिका पारित भएसँगै कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली नागरिकहरु सरकारी खर्चमा फर्किन पाउने भएका हुन् ।

    images
    images
    images

    प्रवक्ता डा. युवराज खतिवडाका अनुसार विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई स्वदेश फर्काउन कोषको रकम प्रयोग गरिने भएको छ । यस अगाडि सरकारले कोरोना महामारीका कारण परेर स्वदेश फर्किन चाहने नेपालीले आफैंले हवाइजहाजको टिकट खरिद गर्नुपर्ने निर्णय गरेको थियो ।

    तर, सरकारको उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले विदेशमा अलपत्र परेकालाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कोषमा रहेको रकमबाट स्वदेश फर्काउने व्यवस्था मिलाउन आदेश दिएको थियो ।

    साथै, निर्देशिका बनाई मन्त्रिपरिषदबाट स्वीकृत भएपछि विदेशमा अलपत्र परेका नेपालीलाई सरकारी खर्चमा नेपाल ल्याउने बाटो खुलेको जानकारी गराइएको छ ।

    त्यस्तै, सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्कमा छुट दिने निर्णय पनि गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेका सञ्चारमाध्यमलाई सहुलियत दिन सरकारले उक्त निर्णय गरेको जानकारी गराइएको छ ।

    रासस

     

    images
    images
    • बिहिवार, श्रावण १ २०७७०८:२५:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij