सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको पुष्टि

बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको पुष्टि

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको पुष्टि
    images
    images
    images

    साउन ३,काठमाडौँ। भारतको बनारसमा कपाल मुण्डन गरिएका व्यक्ति नेपाली नभएको खुलेको छ ।भारतीय प्रहरीका अनुसार छिमेकी मुलुक नेपाल र नेपालीमाथि आपत्तिजनक टिप्पणी गर्नेविरुद्धको कारबाही जारी रहेको छ ।

    हालसम्म ६ जनालाई पक्राउ गरिएको छ । भिडियोमा देखिएका कपाल मुण्डन गरिएका व्यक्ति भारतीय नागरिक नै भएको वाराणसी प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ- ‘भिडियोमा देखिएका व्यक्ति भारतीय नागरिक हुन्, उनको वाराणसीमा जन्म भएको र उनको परिवार सरकारी सेवामा कार्यरत रहेका छन् ।’

    यसअघि घटनामा संलग्न भएको आरोपमा सन्तोष पाण्डे नाम गरेका व्यक्तिलाई प्रहरीले शुक्रबार अपराह्न पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले नै भिडियो बनाएका थिए । उनको मोबाइलबाड सो भिडियो समेत बरामद भएको प्रहरीले जानकारी दिएको थियो ।

     

     

    images
    images
    • शनिवार, श्रावण ३ २०७७०८:१४:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij