सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहका मनकारी घरधनी :जसले दिए ४ महिनाको भाडा छुट

देवदहका मनकारी घरधनी :जसले दिए ४ महिनाको भाडा छुट

images
  • 18.7K
    SHARES

  • images
    images
    images
    देवदहका मनकारी घरधनी :जसले दिए ४ महिनाको भाडा छुट
    images
    images
    images

    ads.gif

    साउन ४,देवदह । नेपालमा पुर्ण रुपमा लक डाउन जारी भएपछी यातायात,बिद्यालय,उद्योग देखि लियर सबै व्यावसाय थप्प हुन पुग्यो।लक डाउनको प्रत्यक्ष असर प्राय सबै क्षेत्रमा देखिय पनि सटर भाडामा लिएर ब्यवसाय गर्ने व्यावसायी बिशेष मारमा परे।

    images
    images
    images

    व्यावसाय पुर्ण रुपमा थप्प हुँदा आर्थिक कारोबार भएन भने अर्को तिर सटर भाडा देखि लिएर बैंकको किस्ता तिर्नुपर्ने जस्ता कारणले व्यावसायी हरु डिप्रेसनमा समेत जाने स्थिति आयो ।नेपाल सरकारले भाडा छुट दिने भनेर त भनेको छ तर केही घरधनी बाहेक अन्य घरधनीहरुले भने छुट दिएका छैनन।

    सटर व्यावसायीको पीडा र बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै देवदहका एक घरधनीले भने व्यावसायिहरुको लक डाउन अवधीको भाडा छुट दिएका छन।देवदहकै प्रतिष्ठित व्यापारी तथा सुरेन्द्र राइस मिल र सुरेन्द्र मनि ट्रान्सफरका प्रोपोराइटर तथा युवा व्यवसायी सुरेन्द्र चौधरीका पिता भगवती चौधरीले आफ्नो घरमा सटर भाडामा लिई व्यवसाय गर्ने ब्यवसायीहरुको लक डाउन अवधी अर्थात चैत्र देखि असार सम्मको भाडा पुर्ण रुपमा छुट गरेका हुन।

    सदा जिवन उच्च बिचार भएका चौधरी देवदहकै पुराना व्यावसायी हुन,उनले आफुले व्यवसाय गर्नेको मर्म तथा पीडा बुझेको र लक डाउनको कारण मर्कामा परेका व्यवसायीहरुलाई केही भए पनि राहत होस भन्ने उद्देश्यले भाडा छुट गरिदिएको बताए।सटरमा हाल १० जनाले व्यावसाय गर्दै आएको र १० वटा सटर बाट मासिक आम्दानी हुने रकम एक लाख ६२ हजार हुन आउने र ४ महिनाको छ लाख ४८ हजार सटर भाडा छुट गरिदिएको व्यवसायीले जानकारी दिए।

    सटर भाडा छुट गर्दिएपछी व्यावसायीहरु खुसि भएका छ्न।भाडा छुट गरिदिने मनकारी घरबेटीलाई मुरि मुरि धन्यवाद दिएको र संबंधित निकायले सम्मान गर्नुपर्ने व्यावसायि कमल सागरले गुराँस मिडिया सङ्गको कुराकानीका क्रममा बताए।

    prem-dai.gif

     

    images
    images
    • आइतवार, श्रावण ४ २०७७०७:४१:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij