साउन ६ ,देवदह।प्रतिनिधि सभाका सांसद तथा नेपाली कांग्रेसका नेता भारत कुमार शाहले अहिलेको सरकार ढले लोकतन्त्र र प्रजातन्त्र खतरामा पर्न सक्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेसका सस्थापक नेता प्रथम जन निर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाको ३८औ स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस रुपन्देहिले आयोजना गरेको बृक्षरोपण कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो।
अहिलेको व्यवस्था ल्याउन सहिदहरूले बलिदानी दिएको र प्रजातन्त्र धरापमा पर्यो भने जनताको हक अधिकार सुनिस्चित नहुने भन्दै लोकतन्त्र रक्षाको लागि लाग्न जोड दिनुभएको थियो।

बृक्षरोपण कार्यक्रममा मन्तब्य राख्दै शाहले वर्तमान सरकार चरम भ्रस्टाचारमा लिप्त भएको बताउनु भय। वाइड बडी देखि लिएर कोभिड १९ को लागि स्वास्थ्य सामग्री खरिद प्रकरणमा पनि आर्थिक अनियमितता भएको शाहले बताउनु भयो। वर्तमान सरकारमा भैरहेको भ्रस्टाचार बिरुद्द खबरदारी गर्नुपर्ने कुरामा समेत उहाले जोड दिनुभयो।

देबदह ९ भलुही र ८ टटेराको बिचमा रहेको मिलन सामुदायिक बनमा १४५ हेक्टर जग्गा रहेको र ९ हेक्टर जमिन बि.पि. बाटिका निर्माणको लागि छुट्याइएको मिलन सामुदायिक बनका अध्यक्ष तेज बहादुर कुवरले बताउनु भयो।

कार्यक्रममा कांग्रेस नेताहरु मोहम्मद इस्तियाक राई ,मनोरमा शेरचन ,रामचन्द्र ढकाल ,हिरा बहादुर खत्री ,गुणाखर भुर्तेल लगायतले बोल्दै बीपीले देखाएको बाटोमा लाग्नु पर्नेमाजोद दिनुभएको थियो।
कार्यक्रम पूर्व राज्यमन्त्री एवम नेपाली काग्रेस रुपन्देही सभापती अब्दुल रज्जाकको सभापतित्व तथा राम कृष्ण खाणको संचालनमा सम्पन्न भएको थियो। सामुदायिक बनमा ४०० थान बिरुवा रोपिएको मिलन सामुदायिक बनका अध्यक्ष मिना बहादुर रानाले जानकरी दिनुभएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij