साउन ६ ,देवदह।रुपन्देहीको देवदहमा निर्माणधिन पानाबारी खेलमैदानको केहि रकम भुक्तानी नगरपालिकाले रोकेको सम्बन्धि समाचार सार्बजनिक भए पछि समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्कि दिएका ठेकेदारले माफि मागेका छन।
आदिबासी जनजाती पत्रकार महासंघ रुपन्देहीका सदस्य प्रेम थापा र रुपन्देहीक क्रियाशील पत्रकार तथा अनलाइन खबरकर्मी टोपराज शर्मालाई ज्यान मार्ने धम्कि दिएका थिए।
पानाबारी खेलमैदानको जिम्मेवारी ठेकेदारले वडा अध्यक्षले मौखिक रुपमा रकम मागेको र रकम नदिएको कारण भुक्तानी रोकिदिएको आरोप लगाएका छन। कुन वडा अध्यक्षले कमिशन मागेको त्यो भने ठेकेदारले खुलाएनन।
देवदह नगरपालिकामा हुने गरेका विकास निर्माणका काममा चरम दुरुपयोग हुने गरेको छ। कर्मचारी संगको मिलेमतोमा ठेकेदार र केहि जनप्रतिनिधिले आर्थिक अनियमितता गरिरहेको र राजनीतिक समरक्षणको आडमा दुरुपयोग भैरहेको एक स्थानिय राजनीतिज्ञले नाम उल्लेख नगर्ने शर्तमा बताए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij