सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

तरुण दलद्वारा मृतक परिवारमा काजकृयाका लागि खाद्दान्न सहयोग

तरुण दलद्वारा मृतक परिवारमा काजकृयाका लागि खाद्दान्न सहयोग

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    तरुण दलद्वारा मृतक परिवारमा काजकृयाका लागि खाद्दान्न सहयोग
    images
    images
    images

    साउन ८सैनामैना प्रदिप ज्ञवालि । नेपाल तरुण दल सैनामैना नगर समितिले सैनामैना पाच प्रगतिटोलमा मृतक एक परिवारलाई खाद्दान्न सहयोग गरेको छ । आफ्नो आमाको काजक्रिया गर्न बसेकि १५ बर्षिय बालिका कविता नेपालीलाई ५० केजि चामल,तेल १पेटि,चिनि १केजि,मिश्री एक केजि,चियापति आधा केजि र नगद रु.२ हजार राहत प्रदान गरेको छ ।

    राहत हस्तान्तरण कार्यक्रममा बोल्दै तरुण दल सैनामैना नगर समिति उपाध्यक्ष सिता अर्यालले चिन्ता नलिई काजक्रिया उम्काउन अनुरोध गर्नभएको छ । अर्यालले थप कुनै समस्या भए आवश्यक सहयोग गर्ने विश्वास मृतक परिवारलाई दिलाउनुभएको हो । तरुण दल सधै जनताको सेवामा रहेको बताउदै दुःखेको घाउमा मलमपट्टी लगाउने काम गरेको तरुण दल सैनामैना कोषाध्यक्ष खेमराज पोख्रेलले बताउनुभएको छ ।

    images
    images
    images

    मन्दीरमा गएर धर्म कमाउनुभन्दा दुखी पिडितलाई सहयोग गर्नाले पुण्य कमाउन सकिने तर्क पोख्रेलले गर्नुभयो ।क्रियामा बसेकी नेपालीको अभिभाकत्व ग्रहण गर्न पनि नगर समिति तयार रहेको जानकारी दिँदै कुनै समस्या परे थप सहयोग गर्ने प्रतिबद्धता पोख्रेलले गर्नुभयो ।समाजमा यस्तो अवस्था जसलाई पनि पर्ने हुदाँ मानवियता देखाउनुपर्नेमा जोड उहाँले दिनुभयो ।गत साउन ५ गते उपचारका क्रममा ३५ वर्षिय कुमारी नेपालीको निधन भएको थियो । २ वर्ष पहिले बाबु गुमाइएकी बालिका कविता अव एक्लै भएकी छन् । उनि अहिले कक्षा नाै मा पढछिन् ।

    उनको अार्थिक अवस्था पनि ज्यादै दयनिय रहेको छ । उनलाइ कक्षा बार सम्म पढाउने साथै अावश्यक अन्य सहयोग पनि गर्ने प्रतिबद्दता सार्वजनिक लेखा समितिका सभापनि तथा रुपन्देही निर्वाचन क्षेत्र नं पाचका सांसद भरत कुमार साहले हिजो नै जनाउनु भएको छ ।

    images
    images
    • बिहिवार, श्रावण ८ २०७७०८:११:१९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij