सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

श्रीमतीको हत्यारा रञ्जन कोइराला पुन जेल जान सक्ने

श्रीमतीको हत्यारा रञ्जन कोइराला पुन जेल जान सक्ने

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    श्रीमतीको हत्यारा रञ्जन कोइराला पुन जेल जान सक्ने
    images
    images
    images

    काठमाडौं, ८ साउन । पत्नी हत्याको अभियोगमा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका पूर्वडीआईजी रञ्जन कोइराला जेलमुक्त भएका छन् ।केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

    पूर्वडीआईजी कोइरालालाई भारी कैद छुट गरेर नजिरको खिल्ली उडाएको भन्दै आलोचना भइरहँदा महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालतको फैसलामा पुनरावलोकनका लागि जाने भएको छ ।

    images
    images
    images

    प्रफुल्ल मुद्रामा हात हल्लाउँदै सदर खोरबाट बाहिरिने यिनी हुन्, पूर्व डिआइजी रञ्जन कोइराला । विक्रम संवत् २०६८ सालमा पत्नी हत्या गरेका कोइरालालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएपनि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर यिनी बाहिरिएका छन् ।
    केही दिनअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।

    २०६८ भदौमा तालिमका लागि चीन गएर पुषको तेस्रो साता नेपाल फर्किएका कोइरालाले २०६८ पुस २७ गते पत्नी गीताको घाँटी थिचेर ज्यान लिएका थिए । काठमाडौंस्थित घरैमा पत्नीको हत्या गरेपछि उनले त्यही राति शवलाई मकवानपुरको टिस्टुङस्थित मत्राङमा सरकारी गाडीमा राखेर शव जलाएका थिए ।

    आधाभन्दा बढी जलेको अवस्थामा श्रीमती गीता ढकालको शव भेटिएको थियो । जलाउन खोजेको ठाउँमा आगो लागेको, डिजेल बगेको, हड्डीका टुक्रा, घडी, चिरेको काठको बाकस फेला परेको थियो ।

    एकपटक शव नष्ट गर्ने प्रयास गरे पनि पटकपटक उनी घटनास्थल पुगेर हेरेर फर्केको अनुसन्धान क्रममा भेटिएको थियो । नागढुंगा–नौबीसे सडक हुँदै काठमाडौं आउँदै गर्दा कोइराला गाडीसहित पक्राउ परेका थिए ।

    उनको साथबाट सलाईको बट्टा, सेतो प्लास्टिकलगायतका सामान बरामद भएको थियो । २०७१ वैशाख ७ गते काठमाडौं जिल्ला अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैदको सजाय सुनायो भने रेग्मीलाई एक वर्ष कैद ठहर ग¥यो ।

    जिल्ला अदालतले हत्याबाट नै गीताको मृत्यु भएको ठहर गरेको थियो । त्यसलाई तत्कालीन पुनरावेदन अदालत पाटनले पनि सदर ग¥यो भने मुद्दा सर्वोच्चमा आइपुग्यो । मुलुकी ऐनअनुसार सजाय भएको अवस्थामा हाल मुलुकी अपराध संहिता लागू भएको छ ।

    जसमा, सर्वस्वसहित जन्मकैदको साटो जन्मकैदको मात्रै व्यवस्था छ । सर्वोच्चले सर्वस्वको फैसला बदर गरिदियो । जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने भनी कोइरालाको पारिवारिक कारण देखाउँदै सजाय घटाइदियो ।

    तर, उक्त विषयमा अदालतको फैसला न्यायोचित नभएको अधिवक्ता रामहरि नेपालको दावी छ । अदालतले पारिवारिक कारण देखाउँदै सजाय घटाएका कोइरालाको रिहाईको बखत उनका सन्तान भने कारागार अगाडि थिएनन् ।बरु, हत्या काण्ड मच्चाउन प्रेरित गर्ने महिला भने कारागार पुगेकी थिइन् । उनकै कारमा चढेर कोइराला कारागारबाट बाहिरिएका थिए ।यता, महान्यायाधिवक्ताको कार्यालयले पूर्व डीआईजी रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलामा पुनरावलोकनका लागि जाने भएको छ ।

    सजायँ छुट दिने यो फैसला र यस्तै प्रकृतिका मुद्दामा यसअघि सर्वोच्चले नै गरेका केहि फैसलाका नजिर र व्याख्यासँग बेमेल देखिएको कार्यालयको ठहर छ । सर्वोच्चको फैसलामा दुइटा आधारमा पुनरावलोकनमा जान सकिन्छ ।पहिलो कुनै मुद्दा फैसला भइसकेपछि त्यसबारे नयाँ प्रमाण फेला परेको अवस्थामा र दोस्रो सर्वोच्चले कुनै मुद्दामा गरेको फैसला र त्यस्तै प्रकृतिको अर्को मुद्दामा गरेको फैसलाको नजिर र व्याख्या फरक परेमा पुनरावलोकन माग्न सकिन्छ ।

    सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निर्णयप्रति कानूनविद्ले स्वागत समेत गरेका छन् । हालको कानुनी व्यवस्थाअनुसार जन्मकैदबापत २५ वर्ष बस्नुपर्नेमा कोइरालाले झन्डै दुई तिहाइ अर्थात् करिब १६ वर्ष ६ महिना कैद छुट पाएका हुन् ।अदालतले यति उदार कैद छुट नगरेको भए उनी झन्डै २०९३ सालसम्म जेलमा बस्नुपथ्र्यो ।

    images
    images
    • बिहिवार, श्रावण ८ २०७७०९:०७:१६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij