लुम्बिनी पाना, काठमाडौं । एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ। दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। जारी यू–१९ एशिया कपमा नेपालले पहिलो खेलमा श्रीलंकासँग हार बेहोरेको थियो । बंगलादेशले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको छ।
नेपालले अर्को खेल डिसेम्बर १७ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ। एकदिवसीय फर्म्याटमा भइरहेको एसीसी यू–१९ एशिया कपमा आइसीसीका पूर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनोट भएका थिए भने प्रिमियर कपबाट नेपाल र यूएई छनोट भएका हुन्।
नेपाल रहेको समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन्। आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ९० रनले पराजित गरेको थियो भने आयोजक यूएईले मलेसियामाथि ७८ रनको जित निकालेको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij